Siraha Times
ताजा समाचार

प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहान हरिपुरमा संचालन

  • फागुन १७, २०७६
  • ११०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा १८ फागुन । लहान नगरपालीका १७ मा चार युवाको समूहमा एएस पेलेट फिड्स (हयाचरी) अढाई करोडको लागतमा संचालनमा ल्याएका छन् । युवाहरुको यस समूहले फागुन १६ गते उद्घाटन गरी संचालनमा ल्याएको ह्याचरीमा बिभिन्न किसिमका कुखुरा र हाँसको चल्ला उत्पादनका साथै आधुनिक तरिकाले पोषणयुक्त दाना उत्पादन गर्ने प्रविधिक सुजनकुमार ठाकुरले बताए । ठाकुरका अनुसार कुखुराको बिभिन्न प्रजातिका साथै टर्की, लोउक्ट, तितिर, हाँस ,लोकल कुखुरा,कडक नाथ, फाइटर, बटाइ माग अनुसारको उपलब्ध गराउँने व्यवस्था रहेकोे छ ।

लहान नगरपालिका वडा नम्वर १७ हरिपुरका युवाहरु अढाई करोडको लागतमा संचालन गरिएको सो उद्योगमा राजलाल ठाकुर, अर्जुनकुमार यादव, सुरज चौकरी र शंकरप्रसाद साहको संयुक्त लगानी रहेको छ । प्रदेश २ कै नमुनाको रुपमा रहेको यस उद्योगले प्रति घण्टा १५ क्वांटल दाना उत्पादन गरिदैछ । लहान १७ का युवाहरु यसरी उद्योग खोलेर अघि बढिरहेको छ । यसले समाजको शिर उच्चो पारेको खुसी हुँदै वडाध्यक्ष प्रथमलाल चौधरीले शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यस्तो नमुना काम गरेर गाउँमै रोजगारीको बाटो खोलेको छ । यसको लागि सरकारले लगनशिल युवाहरुले संचालन गरेको उद्योगलाई सरकारले अनुदान दिनुपर्ने बताए । बजारमा गुणस्तरहीन नक्कली दाना व्यापक छ । यसले किसानहरु समस्यामा पर्दै आएकोले आफ्नै गाउँठाउँमा सजिलो र सुल्भ पशु अहारको लागि यो उद्योग संचालनमा ल्याएको संचालक शंकर साहले बताए । उद्घाटन कार्यक्रममा सन्तोष यादवको टिमले सांस्कृतिक मंचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१