ताजा समाचार

नमुना बालविकास बनाउनका लागि तालिम

  • फागुन ५, २०७६
  • १०२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान , ५ फाल्गुन । सिरहाको लहानमा सोमबार पाँच दिने बाल शिक्षिकाहरुका लागि प्रारम्भिक साक्षरता तथा पुर्व गणितीय सीप तालिम सम्पन्न भएको छ । बाल बिकास केन्द्रमा साक्षरता तथा गणितीय सीपको सामग्रीहरुको प्रयोग गर्न बाल शिक्षिकाहरुलाई सक्षम बनाउनका साथै अध्ययनरत बाल बालिकाहरुको सिकायमा सहयोग पुग्ने उदेश्यले तालिम संचालन गरेको आयोजक सबल नेपालका शिक्षा अधिकृत निरबहादुर आले मगरले जानकारी दिनुभएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्व्य र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित तालिममा सो नगरपालिकाका २५ वटा बाल बिकास केन्द्रका २५ बाल शिक्षिकाको सहभागिाता रहेको थियो । बाल बिकास केन्द्रहरुलाई नमुना बाल बिकास केन्द्र बनाउनका लागी समेत तालिमको आयोजना भएको थियो । तालिमको सहजिकरण सेभ द चिल्ड्रेनका शिक्षा बिभागका प्रोग्राम कोर्डिनेटर रिता तामाङ र सबल नेपालका शिक्षा अधिकृत निर बहादुर आले मगरले गरेका थिए भने तालिमको सहजिकरण गर्नमा सहयोग सबल नेपालका सुपरभाईजर अजय कुमार साह , राधा कुमारी चौधरी र डिकुरा पोखरेलले गरेका थिए । तालिमको समापन समारोहमा खडक नगरपालिकाका वडा नं. – ६ का वडा अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षता र सो नपाका शिक्षा अधिकृत देबन प्रसाद चौधरी प्रमुख आतिथ्यमा तालिमको समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤