Siraha Times
ताजा समाचार

सिरहाको लहानमा पाँच दिने किशोर किशोरी विकास अन्तक्रिया तालिम सम्पन्न

  • फागुन ३, २०७६
  • ७९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २ , फाल्गुन । सिरहाको लहानमा पाँच दिने किशोर किशोरी विकास अन्तक्रियात्मक सिकाई शत्र संचालन सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ । सबल नेपाल राजबिराज सप्तरीको आयोजना र सेभद चिल्ड्रेनको सहयोगमा तालिम सम्पन्न भएको हो । सुरुङ्गा नगरपालिकाको वडा नं. १,२,३,४,७ र ८ का २५ जना सहजकर्ताहरुको सहभागितामा तालिम भएको थियो । पाँच दिने तालिमा बाल संरक्षण , लैङ्गिक बिभेद , बाल अधिकार , बाल सहभागीता लगायतको बारेमा बिशेष रुपले छलफल भएको तालिममा सहभागी एक जना सहजकर्ता ज्ञानु राउतले जनकारी दिए । कार्यक्रमको सहजिकरण सवल नेपालका किशोर किशोरी विकास कार्यक्रमका फिल्ड अफिसर खडक नारायण चौधरी र सेभ द चिल्ड्रेन की कार्यक्रम संयोजक रचना थापाले गर्नु भएको थियो । कार्यक्षेत्रमा भित्रका बाल कल्बमा कक्षा संचालन गर्नका लागी बालबालिका संग सहजीकरण गर्ने सिपको बिधिहरुको बारेमा जानकारी भएको अर्का सहजकर्ता तिज नारायण दासले बताए । तालिममा सबल नेपालका कार्यक्रम सुपरभाईजर अशोक कुमार साह , रेखा चौधरी सहजीकरकाण गरेका थिए । सुरुङ्गा नगरपालिका भित्रका २० वटा वालक्लबमा कक्षा संचालन गर्नकालागी सहजकर्ता छनौट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

बढ्दो सडक दुर्घटना न ...

रहमुल, लहान ९ वैशाख । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सिरहामा ट्राफिक प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१