Siraha Times
ताजा समाचार

बलानबिहुलमा शिक्षा बिमा शिविर

  • माघ २६, २०७६
  • ७१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान, २६ माघ । प्रदेश नं. – २ सरकारको “बेटी बचाउ , बेटी पढाउ” कार्यक्रम अन्तर्गत सप्तरीको बलानबिहुल गाउँपालिकामा आईतबार छोरी शिक्षा बिमा तथा मुद्धती बचत खाता शिबिर सम्पन्न भएको छ । भगवती राष्ट्रिय प्रा.बि. चन्हीमा भएको शिविरमा गाउँपालिकाका करिब ४ सय छोरीहरुको शिक्षा बिमा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसुन्द्र थापाले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष रुबि गुप्ताको प्रमुख आतिथ्यमा भएको शिविरमा प्रभु बैङ्कबाट मुकेश कुमार सल्हैता यादव सहित आएका ७ जनाको टोलीबाट प्रति छोरीको ३ लाखको शिक्षा बिमा गरिएको थियो । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयल जनकपुरधामको सहयोगमा आयोजित कार्यक्रममा वडा नं. १ देखी ६ सम्मका सम्पुर्ण वडाअध्यक्षको सहभागिता रहेको थियो । “बेटी बचाउ , बेटी पढाउ” कार्यक्रमका समाजिक सुरक्षा जिल्ला संयोजक सप्तरीका पुनम चौधरीको बिशिठ आतिथ्यमा भएको कार्यक्रमको उदघाटन समाहरोहमा गाउँपालिकाका आईटी अफीसर सुरेन्द्र कुमार यादब , योजना अधिकृत रमेश कुमार मरिक लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको उदघोष मो. नसमि राईनले गरेका थिए भने कार्यक्रमको बिशेष संयोजन राम नारायण यादबले गरेको आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१