Siraha Times
ताजा समाचार

आगलागी पिडितलाई रजक सेवा समाज ग्रुपद्धारा सहयोग

  • माघ २, २०७६
  • ८१३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ,२ माघ । मानवसेवाको क्षेत्रमा निश्वार्थ रुपमा कामकाज गर्दै आईरहेको नेपालका एक सामाजिक संस्थाले आगलागी पिडित परिवारलाई बुधवार राहत बितरण गरेको छ । भारतको मधुवनी जिल्ला मरनिया लवटोली पञ्चायतकी ईनर देबी साफीलाई नगद नेपाली रु ७ हजार , ३ थान कपडा र ३ थान ब्लयाङ्केट सहयोग गरेको हो । एकल महिलाका साथै बिपन्न परिवार भएकी पिडित साफीको घरमा पौस २७ गते राती आचानक आगलागी भएको थियो । आगलागीले घरमा रहेको अन्नपात , लता कपडा ,लगायतका सम्पुर्ण सर –समान जलेर नष्ट समेत भएका थिए । तिन घर परिवार भएको उनको आर्थिक अबस्था दयनिय भएको कारणले राहत स्वरुप नगदका साथै लत्ता कपडा सहयोग गरेको दाता रजक सेवा समाज ग्रुपका प्रतिनिधि हरेराम साफीले बताए । मलेशिया, साउदी लगायत खाडी मुलुक गएका दलित जाती अन्तर्गत धोबी समुदायका युवाहरुको समुह रजक सेवा समाज ग्रुप रहेको प्रतिनिधि साफीले बताए । नेपाल, भारतका धोबी समुदाय अन्तर्गत पिडितहरुलाई यस ग्रुपले बारम्बार सहयोग गर्दै आईरहेको उनको कथन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१