Siraha Times
ताजा समाचार

एन आई सि एशिया बैङ्कले ल्याईयो न्यु चमत्कारिक योजना

  • पुस २३, २०७६
  • ६३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान २३ , पौष । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि ” भन्ने मुल नारा सहित एन आई सी एशिया बैंकले न्यु सुपर चम्तकारिक योजना ल्याईएको छ । नायाँ बर्ष सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने गरि सो योजनाहरु ल्याईएको उप–प्रादेशिक कार्यालय लहानका प्रमुख जितेन्द्र कुमार साहले जानकारी दिनुभयो । सिरहको लहानमा एन आई सि एशिया बंैकले आज गरेको पत्रकार सम्मेलन प्रमुख साहले भने, ‘चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा सहितका योजनाहरु समेत लयाईएको जानकारी दिए । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने जनाईएको छ । बैंकले सुपर चमत्कारिक बचत खातामा २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५५ सम्मको ब्याजदर प्रदान गर्नेछ । यस बैंकको प्रदेश नम्बर २ मा प्रादेशिक कार्यालय महोत्तरीको बर्दिवास , सिरहाको लहान , धनुषाको जनकपुर , सर्लाहीको हरिवन , रौतहटको चन्द्रनिगाहपुर , पर्सा जिल्लाको बिरगंजमा ५ वटा उप– प्रादेशिक कार्यालय रहेको बैंकले जनाएको छ । सिरहा जिल्लामा सिरहा ,मिर्चाैया , गोलबजार गरी ६ वटा शाखा रहेको छ भने शाखा रहित बैंक सितापुर, जिरोमाईल , भोक्राहा गरी ३ वटा रहेको छ । चमत्कारिक योजनाको प्रत्यक्ष फाईदा लिन बैंकले आम ग्राहक बर्गलाई फाईदा लिन आग्रह गरेको छ । ग्राहक बर्गलाई कुनै जिज्ञासा भएमा बैंकका कर्मचारीहरु जिज्ञासा सामाधान गर्न सदैब प्रतिबद्ध रहने प्रमुख साहले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१