Siraha Times
ताजा समाचार

चौबीस घण्टा नपुग्दै लहानमा तीन नवजात शिशुको मृत्यु , अस्पतालको चरम लापरबाही भएको पीडित पक्षको आरोप

  • पुस २१, २०७६
  • १४१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २०, पौष । सिरहाको लहानमा रहेको सप्तऋषि अस्पतालमा चौबीस घण्टा नपुग्दै तिन जना नवजात शिशुको मृत्यु भएको छ । पौष १८ गते शुक्रबार देखि १९ शनिबार सम्ममा चार जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै शिशु छोरा रहेको पीडित परिवारले बताएका छन । मृत्यु हुनेमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर - ३ टोल दिनाजपुरका जानकी यादब र औरही गाउँपालिका वडा नम्बर -१ दरैहिया टोलका प्रमिला यादवको छोराहरु रहेको प्रमिला यादवको पति लालबहादुर यादवले बताए । पीडित यादवका अनुसार दुबै जनाको शल्यक्रिया भएको थियो । त्यसैगरि सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर- ३ का संगिता साहको शल्यक्रिया नभएर सामान्य रुपमा बच्चा भएपनि चिकित्सक र अस्पतालको कर्मचारीको लापरबाहीको कारणले मृत्यु भएको पीडितका पति मनोज साहले बताए । सो बिषयमा हिजो सिरहाका प्रमुख जिल्ला अधिकारि गोपालप्रसाद अधिकारी आफै स्थलगत रुपमा अस्पताल पुगेका थिए । अस्पताल संचालक पशुपति चौधरीले रन्जिता जयसवालले सल्यिकृया गरेको दबि गरेपनि पीडित पक्षले लाईसन्स नभएको डाक्टरले अप्रेसन गरेको दाबी गरिरहेको छ । रातीमा सो अस्पतालमा धेरै लापरबाही हुने गरेको पीडितहरुको आरोप छ । ड्युटीमा रहेको कर्मचारीहरु मस्त निन्द्रामा ड्युटीको समयमा सुत्ने गरेको भन्दै अस्पतालको संचालक र शल्यक्रिया गर्ने डाक्टरलाई कानुन बमोजिम कार्बाही नगरेसम्म आफुहरु आन्दोलन गर्ने पीडित परिवारले जनाएको छ । यता अस्पताल संचालक डाक्टर पशुपति चौधरीले आमाको ज्यान बचाउदै गर्दा त्यस्तो घटना भएको दाबी गरे । सो बिषयमा ईलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रशासन कार्यालयबाट थप अनुसन्धान भैरहेको प्रहरीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१