Siraha Times
ताजा समाचार

ट्यालेन्ट्को सन्देश दिन मिस एन्ड मिस्टर सिरहा

  • पुस २०, २०७६
  • ११८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा , लहान २० पौष । जिल्लामा पनि ट्यालेन्टहरु छ भन्ने नेपाल लगायत विश्वमा संदेश दिन सिरहामा मिस एण्ड मिस्टर सिरहा सिजन -२ को अडिशन राउन्ड चलिरहेको छ । स्थानीय भाषा , संस्कृती, धर्म , पहिचान , रहनसहनलाई विश्वसामु चिनाउनका लागि मिस एन्ड मिस्टर सिरहाको आयोजना गरेको मिस सिरहा सिजन-१ कि बिजेता एलिसा शासंकरले बताईन । केएसआर प्रोडकशनको आयोजनामा भैरहेको प्रतियोगितामा बिजेता हुने प्रतियोगीहरुलाई अध्ययन गर्न छात्रवृत्ति , नेपाल आईडल , मलेसियामा हुने मिस प्रतियोगिताका साथै नेपाली चर्चित कलाकारहरुको म्युजिक भिडियोहरुमा प्रतिभा देखाउने अबसर प्रदान गर्ने आयोजकले जानकारी दिए । हिजो शनिबार सप्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले प्रतिभाको माध्यमबाट बलात्कारिलाई कडा सजाय दिन जोडदार रुपमा सरकार संग माग गरेका थिए । निर्मला हत्याकाण्डका दोसिहरुलाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु लगायतको बिषयलाई यस राउन्डमा विशेष प्राथमिकतामा राखेका थिए । हिजो सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुको अभिभावकहरुको पनि सभागिता रहेको थियोे । सिजन -२ को फिनाले पौष २५ गते हुने आयोजकले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१