Siraha Times
ताजा समाचार

ई डिजिटल अभियानले शिक्षा क्षेत्रमा साकारात्मक परिवर्तन ल्याउदै

  • पुस १५, २०७६
  • ८१९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा, १५ पौष । ई डिजिटल नेपालले देशैभरी रहेका सरकारी तथा निजी विद्यालयलाई डिजिलाईज गर्ने अभियान चलिरहेको छ । वेष्ट स्टार्ट अप आई सी टी सम्मान शिक्षा मन्त्रि गिरिराज मणि पोख्रेलबाट पाई सकेको र अहिलेको अवस्थामा विद्यालयलाई पारदर्शीता तरिकाले हेर्न सकिने उद्देशले विद्यालयलाई डिजिलाईज गर्ने अभियान चलाएको हो । नेपाल भरी ४०,००० शैक्षिक संस्था रहेको र ४,००० शैक्षिक संस्था पनि डिजिलाईज नरहेको अवसथामा शिक्षामा गुणस्तर ल्याउन ई डिजिटल नेपालले काम गरिरहेको छ । नगरपालिका र गाउपालिकाको शिक्षा शाखालाई स्कूलसँग र स्कूललाई अभिभावकसँग भएको दुरीलाई कम गर्न डिजिलाईज स्कूल म्यानेजमेन्ट टुल्सको प्रयोगले मदत पुग्ने ई डिजिटल नेपालको संस्थापक र मर्केटीङ डायरेक्टर ई. वसन्त गुप्ताले बताए । नेपालको पूर्वमा मेचि कोशि झपा देखि पश्चिममा कैलालि कन्चनपुर गरि अहिले सम्म पाँच सय भन्दा बढी शैक्षिक संस्था डिजिलाईज भईसकेको छ भने हाल सुन्सरी को ईनरुवा सप्तरीको बोदेवरसाईन,रुपनि सिरहाको धनगढीमाई नपा,कर्जनहा नपा औरही गापा र विष्णुपुर गापामा सम्मपन्न गरि अहिले चन्द्रनिगााहपुरमा डिजिलाईज गर्ने काम भईरहेको ई. गुप्ताले जानकारी गराए । स्कूलको लागि म्यानेजमेन्ट स्वफटवेयर र मोवाईल एप्पसमा रहेको गार्जेन एप्प,स्टुडेन्ट एप्प,टिचर एप्प र फाउन्डर तथा हेडमास्टर एप्प भएको म्यानेजमेन्ट टुल्सले कुनै पनि जानकारी लिनमा मा सहयोग पुग्ने ई. गुप्ताले बताउनु भयो । त्यस्तै न.पा.शिक्षा शाखाको लागि स्कूल मोनोटरिङ्ग एप्पस,मेयरको लागि मेयर एप्पस रहेको छ । यो डिजिलाईज तरिकाबाट न.पा.ले कक्षा आठको वोर्ड परिक्षाको रिज्लट पनि निकाल्न सक्ने छ । कार्यालयमा को उपस्थित छ छैन हेर्न सकिने । आय व्यय हेर्न सकिने र कुनै पनि स्कूलको स्कूल म्यानजमेन्ट सिस्टम हेर्न सकिने छ । अगामी २०२० मा २०२० ओटा शैक्षिक संसलाई डिजिलाईज गर्ने लक्ष्य रहेको र २०२० को जनवरीबाट काम सुरु गर्ने ई.गुप्ताले बताए । डिजिटल कक्षा कोठा लागि अनि नोकरी दिन्छु भन्दा नोकरी दिन सक्ने उद्देशले गर्यौ भने अबको दश वर्षपछी बिस लाख विदेशिएका नेपाली यूवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन नेपाल प्लेट फर्मको लागि सर्भे भइरहेको र एक करोड नेपालि नागरिकलाई दक्ष जनशक्तिबनाउन लाई नागरिक्त एप्पसको लागि काम भइरहेको छ ई गुप्तले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१