सिरहाको लक्ष्मिपुर पत्तारीमा चिसो प्रभावितहरुलाई कम्बल वितरण

  • पुस १५, २०७६
  • ५०५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १५ , पौस । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं.– १ मा मंगलबार कम्बल वितरण गरेको छ । चिसो वाट बँच्नका लागी रामपुर पिप्रा टोलका १ सय ७५ जना बिपन्न वर्ग समुदायहरुलाई कम्बल वितरण गरिएको वडा नम्बर १ का वडा सचिब घुरण यादबले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्य र वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षतामा कम्बल वितरण गरिएको हो । गाउँपालिका स्तरिय विपद ब्यबस्थापन समितिको बैठकको निर्णय अनुसार चिसो प्रभावित विपन्नहरुको पहिचान तथा राहत प्रदान सम्बन्धी मापदण्ड अनुरुप कम्बल वितरण गरिएको वडा अध्यक्ष मनिक लाल यादवले जानकारी दिनुभयो । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी महेशपुर पत्तारी द्धारा बास्तबिक चिसो प्रभावित अतिविपन्न , गरिब समुदायका मानिसहरुको पहिचानमा सहयोग गरेको प्रहरी चौकी महेशपुर पत्तारीका प्र. स. नि. अमर यादबले बताए । निरिक्षक यादबका अनुसार प्रहरी र समुदाय बिच सुमधुर सम्बन्ध कायम गर्न हरेक हिसाबले प्रहरी प्रतिबद्ध रहेकोले चिसो प्रभाबितहरुको नामावली छनौटमा प्रहरीको सहयोग रहेको उनले जानकारी दिए । प्रमुख अतिथिको रुमपा बोल्दै गाउँपाकिला अध्यक्ष साहले भने कम्बल बितरण कार्यक्रम राहतको रुपमा मात्र रहेकोले कम्बल पाउनबाट बञ्चित भएकाहरुलाई दुःख नमान्न उनले आग्रह गरे । वडाबासी सम्पुर्णलाई कम्बल वितरण कार्यमा सहयोग गर्न आग्रह गर्दै अध्यक्ष साहले भने गाउँपालिकाको वडा नं. १ , र ४ मा कम्बल वितरण भैसकेकोले बाँकी वडाहरुमा एकरुपताको हिसावले १ सय ७५ को दरले कम्बल बितरण गर्ने योजना रहेको उनले सुनाए । कम्बल वितरण कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष हनुमान मण्डल , कार्यपालिका सदस्यहरु , स्वास्थ्य चौकी ईन्चार्ज , समाजसेबी , बुद्धीजिबी लगायतको सहभागिता रहेको थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

ब्रम्हान मन्दिर जान ...

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१