Siraha Times
ताजा समाचार

सिरहामा बृध बृधाहरुलाई जाडाे छलन सिरक बितरण

  • पुस ३, २०७६
  • २४१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ३ पुष - सिरहाको सुखिपुर नगर पालिका वडा नम्बर ४ कबिलासीमा बृद्धबृद्धा, अपांग,जेष्ट नागरीक तथा विधवा महिलालाई वडा कार्यालयद्धरा १ सय ६० जनालाई सिरक वितरण गरीएको छ । साविकको कबिलासी गाविसको १ देखि ९ सम्मको सम्पुर्ण वडाका बृद्धबृद्धा, अपांग,जेष्ट नागरीक तथा विधवा महिलालाई जाडोबाट बच्न सिरक वितरण गरीएको सम्बन्धित वडाका वडा अध्यक्ष राम लोभित यादवले बताएका छन ।सदा जिवन उच्च विचार सम्मानित कार्यक्रम अन्र्तरगत प्रदेश ५ प्रमुख धर्मनाथ यादवको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रम बोल्दै प्रदेश ५ का प्रमुख यादवले भने सम्मान २ प्रकारको हुन्छ एउटा राम्रो कामको सम्मान र अर्को पिडितहरुको सम्मान अहिले जाडोबाट पिडित भएका व्यत्तिहरुको एउटा न्यानो सिरकबाट सम्मान गर्नु एउटा ठुलो कुरा हो । सिरकबाट सम्मानित भएकाहरुलाई यो सिरक कम्तिमा ५ वर्ष सम्म लानु तथा यसलाई हिफाजत साथ राख्नु सिरक वितरण गर्दै प्रदेश प्रमुख यादवले सबैलाई आग्रह पनि गरेका थिए । कार्यक्रममा १ सय ६० जनालाई १२ सयको दरले पर्ने सिरक वितरण गरेको हो । सिरक पाउनेमा अपांग तर्फ पुनिता कुमारी यादव,निर्माला कुमारी पंडित, रिना कुमारी यादव रहेका छन । सिरक पाएर मायादेवि मण्डलले भने हामी एकदमै खुशी भएको छौ यहिले सम्म कसैले पनि यस्तो किसिमको काम गरेको थिएन । कार्यक्रममा सुखिपुर नगरपालिका नगर प्रमुख राम अवतार यादव,प्रमुख प्रशासकिय अधिकृत श्रीराम जोशी,वडा अध्यक्षद्धय रमेश कुमार ठाकुर, बिरेन्द्र महतो, राम भरोस साह, जिवछ यादव लगायत अन्य नेताहहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रम वडा नमबर ४ का वडा अध्यक्ष राम लोभित यादवको अध्यक्षतामा सम्पनन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१