Siraha Times
ताजा समाचार

शंकाको भरमा आफ्नै पत्नीलाई निर्घात कुटपिट

  • मंसिर ३०, २०७६
  • १८१३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ३० मंसिर । सप्तरी जिल्लाको खडक नगरपालिका ८ भगौल विष्णपुर बस्ने वर्ष २२ का मोहम्मद इमतियाजले अरुसंग कुराकानी गरेको शंकाको भरमा आफ्नै पत्नीलाई बुधवार निर्घात कुटपिट गरेका छन् । इमतियाजको बिबाह समाजिक परम्परा अनुसार सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनसंग भएको थियो । बिबाह भए पछि ६ महिना संगै बिताए त्यसपछि वहाँ वैदेशिक रोजगारका लागि जानु भयो । २ वर्ष वैदेशिक रोजगारबाट बिताएर आएपछि एक्कासी नाना थरीको लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पिडित आयसा खातुनले बताइन् । कसैको फोन आयो कि शंका गर्ने, बिबाहमा तिम्रो बुबाले के नै दिएको छ र जस्ता आरोप लगाइ दिनहु कुटपिट गर्ने, घर निकाला गर्ने, म अर्को विवाह गर्छु भने खालका यातना दिने गरेको पत्रकार सम्मेलनमा पिडित आयसा खातुनले भनिन् । उता पिडित खातुनकी बुबा मोहम्मद रहमुल राइनले यस विषयमा बुझसुझ गर्न समधियौना जाँदा सम्बन्धित नगरपालिकाका नगर प्रमुख हेमायु राइन लगायत अन्य भद्र भलादमीको रहोबरमा सहमति भयो कि हामी इमतियाजलाई सम्झाइ बुझइ दिन्छौ आइन्दा यस्तो प्रकारको हुदैन भन्ने आस्वासन दिइ पठाइएको र केहि दिनमै फेरी छोरीलाई यस्तो प्रकारको निर्घात कुटपिट गरेको पत्रकार सम्मेलनमा पिडितका बुबा मोहम्मद रहमुल राइनले बताए । राइनले कुरा थप्दै भने मेयरसंग टेलिफोनमा कुरा गर्दा खेरी उल्टै धाक धम्कि देखाउने गरेका छन् । फोनमा धम्कि दिएको रेकर्ड अहिले पनि मोबाइलमा रहेको दाबी गरे । किनकि इमतियाज मेयरका आफ्नै दियादि मान्छे हो । यता आइसा खातुनलाई कुटपिट गर्दा सासु अजिता खातुन र ससुरा तसिलनले पनि साथ नदिएको उल्टै सासु अजिता खातुनले हप्काउने गरेको आरोप आयसाले लगाएकि छिन् । कहाँ कहाँ जानकारी गरायौ र अब के गर्ने बिचार छ भन्ने पत्रकारको प्रश्नको जबाफ दिँदै पिडित खातुनले भनिन् इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी र इलाका प्रहरी कार्यालय लहानमा निबेदन दिएका छाँै । अब म वहाँसंग बस्दिन निकाहमा भएको बोल कबुलको कागजात अनुसार हामी छिनो फानो गर्ने बिचारमा रहेका छौँ । निर्घात कुटपिटबाट घाइते बनेकी आयसा खातुनको उपचार राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको पिडितका बुबा मोहम्मद रहमुल राइनले बताए ।

प्रतिक्रिया दिनुहोस

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१