जनकपुरको रामानन्द चोकमा सिद्धार्थ बैंकको नयां शाखा

  • मंसिर २७, २०७६
  • ६१३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर , २७ धनुषाको जनकपुरधाम उपमहानगरपालिका रामानन्द चोकमा सिद्धार्थ बैंकको नयां शाखा सुचारु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले रिबन काटेर शाखाको शुभारम्भ गरेका हुन । सिद्धार्थ बैंकको जनकपुरमा यो तेश्रो शाखा हो । यस अघि जनकपुरको मिल्स एरिया र मुरली चोकमा शाखा संचालनमा आई सकेको छ । शाखाको उदघाटन गर्दै मन्त्री यादवले बैंकलाई नाफामुखीभन्दा सेवामुखी बन्नुपर्नेमा जोड दिएका छन । उनले ऋणमा सर्वहाराको पहुंच पुग्न नसकेको भन्दै सबैको पहुच पुर्याउनतर्फ ध्यान दिन बैंकलाई आग्रह गरेका छन । सिद्धार्थ बैंक जनकपुर रामानन्द चोक शाखाका प्रबन्धक अजय कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा सिद्धार्थ बैंक केन्द्रिय कार्यालयका डिजिएम शेर बहादुर बुढाथोकी , एजीएन सुरेशराज महर्जन , प्रदेश नं. २ प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद तिमिल्सेना , जनकपुर क्षेत्रका उद्योगी, व्यवसायी, निर्माण व्यवसायी सहित सामाजका विभिन्न क्षेत्रका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१