ताजा समाचार

पत्रकारितामा सुशासन ल्याउन दुईदिने तालिम सुरु

  • मंसिर २६, २०७६
  • ७३३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २६ मंसिर ।  सिरहाको लहानमा पत्रकारहरुलाई लेखन कला र पत्रीकारितामा सुशासन ल्याउन तालिमको आयोजना गरेको छ् ।पत्रकारितामा पका गर्न सिरहा,सप्तरी उदयपुर र सर्लाही लगायतका चार जिल्लाका नब आगन्तुक पत्रकारहरुलाई लछित गरि यो कार्यक्रमको आयोजना गरेको आयोजक ले बताए । तालीममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य  देव कुमार यादवले उद्घाटन गर्नु भएको छ ।तालिमको उदघाटन गर्दै प्रमुख अतिथि यादवले पत्रकारले समाचार लेख्दा सत्यतामा आधारिता रहेर समाचार लेख्नुपर्ने बताउँदै  स्बच्छ र निष्पक्ष पत्रकारीता गर्न  सुझाब दिनुभएको छ ।  नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो । राष्ट्रिय संचार विकास केन्द्रको आयोजनामा २ दिने सुशासन तथा विकास केन्द्रित पत्रकारिता तालिम सिरहाको लहानमा सुरु भएको छ । तालिममा चार जिल्लाका २६ जना महिला, पुरुष पत्रकारहरुको सहभगिता रहेको छ । तालिमममा प्रशिक्षकहरु रामकृष्ण रेग्मी , श्रीराम सिंह बस्नेत ,विष्णु शर्मा पराजुलीले सहजीकरण गर्नुभएको छ।अस्ट्रेलीयन राजदुतावासको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ सिरहाको समन्वय तालिम संचालन गरिएको हो । कार्यक्रमको उदघाटन सत्रको संचालन शाखाकी उपाध्यक्ष रिंकु दासले गर्नु भएको आयोजक ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤