Siraha Times
ताजा समाचार

पत्रकारितामा सुशासन ल्याउन दुईदिने तालिम सुरु

  • मंसिर २६, २०७६
  • ७१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा २६ मंसिर ।  सिरहाको लहानमा पत्रकारहरुलाई लेखन कला र पत्रीकारितामा सुशासन ल्याउन तालिमको आयोजना गरेको छ् ।पत्रकारितामा पका गर्न सिरहा,सप्तरी उदयपुर र सर्लाही लगायतका चार जिल्लाका नब आगन्तुक पत्रकारहरुलाई लछित गरि यो कार्यक्रमको आयोजना गरेको आयोजक ले बताए । तालीममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य  देव कुमार यादवले उद्घाटन गर्नु भएको छ ।तालिमको उदघाटन गर्दै प्रमुख अतिथि यादवले पत्रकारले समाचार लेख्दा सत्यतामा आधारिता रहेर समाचार लेख्नुपर्ने बताउँदै  स्बच्छ र निष्पक्ष पत्रकारीता गर्न  सुझाब दिनुभएको छ ।  नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो । राष्ट्रिय संचार विकास केन्द्रको आयोजनामा २ दिने सुशासन तथा विकास केन्द्रित पत्रकारिता तालिम सिरहाको लहानमा सुरु भएको छ । तालिममा चार जिल्लाका २६ जना महिला, पुरुष पत्रकारहरुको सहभगिता रहेको छ । तालिमममा प्रशिक्षकहरु रामकृष्ण रेग्मी , श्रीराम सिंह बस्नेत ,विष्णु शर्मा पराजुलीले सहजीकरण गर्नुभएको छ।अस्ट्रेलीयन राजदुतावासको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ सिरहाको समन्वय तालिम संचालन गरिएको हो । कार्यक्रमको उदघाटन सत्रको संचालन शाखाकी उपाध्यक्ष रिंकु दासले गर्नु भएको आयोजक ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१