सिरहाको लहानमा बिहीबार देखी एक महिने मन्टेश्वरी तालीम सुरु

  • मंसिर २६, २०७६
  • १७११ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा , लहान २६ मंसिर । सिरहाको लहानमा बिहीबार देखी एक महिने मन्टेश्वरी तालीम सुरु भएको छ । यस जिल्लाका विभिन्न मन्टेश्वरी / बोर्डिङ स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिमको आयोजना गरेको आयोजक रोजगारी सर्भिस प्राईभेट लिमिटेडका ब्रान्च म्यानेजर श्रीकृष्ण रौनियारले जानकारी दिनुभयो । म्यानेजर रौनियारका अनुसार कम्तीमा एस ई ई मा अध्यनरत पुर्व प्राथमिक बिधालयमा अध्यापन गर्ने सोच भएका बिद्यार्थीहरुलाई शिक्षण बिधिमा दक्ष गर्ने उदेश्य पनि यस तालीमको रहेको जानकारी दिए । बीस जनाको सहभागीता रहेको तालिमको सहजीकरण अच्युत गौतमले गरिरहेको छ । प्रदेश नम्बर २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ को सहकार्यमा संचालन भैरहेको सो संस्थाका अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभएको छ । यसैबीच आजै रोजगारी सर्भिस प्रा. लि. ले पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत लहानको मुख्य ठाउँ सहिद चौकमा घुम्ती रोजगारी पसल संचालन गरेको छ । आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा सहजीकरण गर्न सो पसल / शिबिर संचालन गरेको हो । आफ्नो ईच्छा र सीप अनुसार रोजगार गर्न करिब सय जना युवाले आबेदन दिएका थिए । सरकारको लक्ष्य अनुरुप प्रा. लि. ले निशुल्क रूपमा बेरोजगार युवाहरूलाई रोजगार दिन पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

पिडितहरुद्धारा अल्ट् ...

रंजित चौरसिया,वीरगंज २ भदौं । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१