Siraha Times
ताजा समाचार

सिरहाको लहानमा बिहीबार देखी एक महिने मन्टेश्वरी तालीम सुरु

  • मंसिर २६, २०७६
  • १८४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा , लहान २६ मंसिर । सिरहाको लहानमा बिहीबार देखी एक महिने मन्टेश्वरी तालीम सुरु भएको छ । यस जिल्लाका विभिन्न मन्टेश्वरी / बोर्डिङ स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिमको आयोजना गरेको आयोजक रोजगारी सर्भिस प्राईभेट लिमिटेडका ब्रान्च म्यानेजर श्रीकृष्ण रौनियारले जानकारी दिनुभयो । म्यानेजर रौनियारका अनुसार कम्तीमा एस ई ई मा अध्यनरत पुर्व प्राथमिक बिधालयमा अध्यापन गर्ने सोच भएका बिद्यार्थीहरुलाई शिक्षण बिधिमा दक्ष गर्ने उदेश्य पनि यस तालीमको रहेको जानकारी दिए । बीस जनाको सहभागीता रहेको तालिमको सहजीकरण अच्युत गौतमले गरिरहेको छ । प्रदेश नम्बर २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ को सहकार्यमा संचालन भैरहेको सो संस्थाका अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभएको छ । यसैबीच आजै रोजगारी सर्भिस प्रा. लि. ले पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत लहानको मुख्य ठाउँ सहिद चौकमा घुम्ती रोजगारी पसल संचालन गरेको छ । आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा सहजीकरण गर्न सो पसल / शिबिर संचालन गरेको हो । आफ्नो ईच्छा र सीप अनुसार रोजगार गर्न करिब सय जना युवाले आबेदन दिएका थिए । सरकारको लक्ष्य अनुरुप प्रा. लि. ले निशुल्क रूपमा बेरोजगार युवाहरूलाई रोजगार दिन पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१