Siraha Times
ताजा समाचार

सिद्धार्थ बैंकको नयां शाखा जनकपुरमा

  • मंसिर २६, २०७६
  • ९७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर , २६ धनुषाको जनकपुरधाम उपमहानगरपालिका विद्यापति चोकमा सिद्धार्थ बैंकको नयां शाखा सुचारु भएको छ । नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक हिम प्रसाद न्यौपानेले रिबन काटेर शाखाको शुभारम्भ गरेका हुन । सिद्धार्थ बैंकको जनकपुरमा यो दोश्रो शाखा हो । यस अघि जनकपुरको मिल्स एरियामा शाखा संचालनमा आई सकेको छ । शाखाको उदघाटन गर्दै न्यौपानेले बैंकलाई नाफामुखीभन्दा सेवामुखी बन्नुपर्नेमा जोड दिएका छन । उनले ऋणमा सर्वहाराको पहुंच पुग्न नसकेको भन्दै सबैको पहुच पुर्याउनतर्फ ध्यान दिन बैंकलाई आग्रह गरेका छन । सिद्धार्थ बैंक जनकपुर विद्यापति शाखाका प्रबन्धक सतिश कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा सिद्धार्थ बैंक केन्द्रिय कार्यालयका डिजिएम शेर बहादुर बुढाथोकी , एजीएन सुरेशराज महर्जन , प्रदेश नं. २ प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद तिमिल्सेना , नेपाली कांग्रेस जनकपुरधाम नगर सभापति मनोज कुमार साह सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१