Siraha Times
ताजा समाचार

औपचारीक रुपमा एकता भएपनि बैचारिक रुपमा एकता हुन सकेन , मनमुटावले पार्टी तल धकेलिने ः जिल्ला सदस्य साह

  • मंसिर २५, २०७६
  • ११६१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २५ , मंसिर एमाले र माओवादी बिच एकता भएको करिब दुई बर्ष बित्न लाग्दा समेत जिल्ला र स्थानिय तहका केहि कार्यकर्ताको बिचमा मनमुटाव हाल सम्म पनि कायमै रहेको नेकपाका जिल्ला सदस्य बिरेन्द्र कुमार साहले बताउनु भएको छ । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. ५ खरुक्याहीमा नेकपा लक्ष्मीपुर पत्तारीले मंगलवार गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । दुई पार्टीको सिरहा जिल्लामा संगठन एकता भएको महिनै बितेपनी आफनै कार्याकर्ता बिचको मनमुटाबले आगामी दिनहरुमा पार्टी तल तिर धकेलिने उहाँले बताए । ०५४ साल जनयुद्धकाल देखि नै आफु माओबादीको सक्रिय कार्यकर्ता रहेको भन्दै उहाँले भने हाल पनि म जिल्ला सदस्यको रुपमा रहेको छु’ तर यस गाउँपालिकाका पुर्व एमालेका कार्यकर्ताहरुले पार्टीगत निर्णयका कुराहरुमा आफुसंग कुनै किसिमको सहकार्य र समन्वय नगर्ने गरेको उनको कथन रहेको थियो ।’ गाउँपालिकामा बिपक्षी दल नेकपा र कांग्रेसले गरिरहेको भ्रष्टाचार बिरुद्धको आन्दोलनमा समेत आफु स्थानियबासीको हैसियतले पनि पुर्व एमालेको कार्यकर्ताहरुले कुनै किसिमको सोधपुछ नगरेको उनको गुनासो रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सदस्य साहले भने ‘लक्ष्मीपुर पत्तारी गाउँपालिकामा पुर्व एमाले (नेकपा) का प्रदेश सदस्य र जिल्ला सदस्यका कार्यकर्ताहरु मेरो राजनितिक ईतिहास समाप्त पार्नका निम्ति जनतामाझ म माथि बिभिन्न खालका गलत आरोपहरु लगाउने गरेको भन्दै त्यस्ता आरोपलाई चिर्नका लागी आज पत्रकार सम्मेलन गरेको सदस्य साहको भनाई रहेको थियो ।’ बिरेन्द्र साहले पार्टी बिरुद्ध काम गरिरहेकाले उहाँलाई पार्टीबाट निस्कासन गरेको प्रचार पुर्व एमालेका कार्यकर्ताहरु गाउँपालिका भित्र गरिरहेको भ्रम जनतामाझ फैलाईरहेकाले मेरो राजनितिक छबी माथी त्यस्ता गलत प्रचार नगर्न उनिहरुलाई आग्रह समेत साहले गरे । ‘ म जनयुद्ध काल देखि नै पार्टीको सक्रिय कार्यकर्ता छु ’ पार्टीको निर्देशन अनुसार काम काज गर्दै आईरहेकोले मुल्याङ्कनको आधारमा पार्टीले मलाई जिल्ला सदस्यको जिम्मेबारी दिएको छ तर यहाँका एमालेका केहि बरिष्ठ कार्यकर्ताहरुले मेरो राजनितिक छबी समाप्त गर्न बिभिन्न खालका भ्रमक कुराहरु गाउँपालिका भित्र प्रचार प्रसार गरिरहेकोले उनिहरुको कुरामा बिश्वास नगर्न आम जन समुदायमा उनले आग्रह गरे । ’ पत्रकार सम्मेलनमा पुर्व माओबादीका वडा अध्यक्षका प्रत्यासी उम्मेदबारहरु क्रमश वडा नं. ४ का बिशेश्वर सिंह , वडा नं. ५ का राम उदगार यादब ,वडा न .२ का जलेश्वर यादब लगायतका माओबादी कार्यकर्ताहरुले संयुक्त रुपमा भने ‘यस गापामा हालसम्म पनि एमाले र माओबादी बिच बैचारिक रुपमा एकता हुन नसकेको बताए ।’ यस गाउँपालिकामा माओबादी कार्यकर्ताहरुलाई एमालेका केहि बरिष्ठहरु अर्कै कोणले हेरि रहकोले गापामा नेकपाका लागि आगामी दिनमा खतरा हुन सक्ने उनिहरुको भनाई रहेको थियो । नेकपा पार्टी , बिधान र केन्द्रको निर्देशनमा चल्ने पार्टी भएकोले सबैलाई आपसी सहकार्य गरी आगाडी बढन पत्रकार सम्मेलन मार्फत उनिहरुले जनाकारी दिए । जिल्ला सदस्य साह माओबादीबाट लक्ष्मीपुर पत्तारी गाउँपालिकाको अध्यक्ष पदको प्रत्यासी उम्मेदबार थिए ।

प्रतिक्रिया दिनुहोस

दाइजो र बालविवाहविरु ...

सिरहा, गोलबजार । समाजमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथा र बालविवाहविरुद्ध सशक्त सन्देश दिँदै एक ज ...

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१