Siraha Times
ताजा समाचार

नेपाल रजक सेवा समाज द्वारा पुन: एक पटक जनचेतना तथा जनजागरण सम्बन्धी कार्यक्रम सम्पन्न

  • मंसिर १४, २०७६
  • २५६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नेपाल रजक सेवा समाज मंसिर १४ । - प्रदेश नं. २ को सभासद श्री रबिन्द्र बैठा को प्रमुख अतिथी र जातिय अगुवाहरु तथा समाज का बुद्धिजीवी , समाजसेवीहरु र रजक समुदाय को बिशेष उपस्थिती मा प्रदेश नं. २ को धनुषा स्थित सहिद्नगर नगरपालिका-४ ननुपट्टी गाउँ मा नेपाल रजक सेवा समाज द्वारा जनचेतना मुलक कर्यक्रम सम्पन्न भएकोछ। हाम्रा समाज मा दिन प्रतिदिन दाइजोप्रथा , बालविवाह , महिला शोषण , महिला हिंसा र सामाजिक बिकृती का घटनाहरु बढदै जाने क्रममा नेपाल रजक सेवा समाज ले एक विशेष कार्यक्रम गरि नागरिकलाइ सचेत गरएकोछ।नेपाल रजक सेवा समाज द्वारा प्रमुख अतिथी अतिथी लगायत गाउँ का जातिय अगुवा हरुलाइ एक एक थान गमछा द्वारा सम्मान गरेका थिए। कार्यक्रममा सिराहा का समाजसेवीहरु समेत अतिथिको रुपमा उपस्थित भइ हाम्रा समाज भित्र का समस्या र रजक समाज ले दिइने सेवा र सहयोग सम्बधी जानकारी गराएका थिए। कार्यक्रम मा उपस्थित अतिथिहरुले जातिय एकता, भेदभाव , सामाजिक कुप्रथा तथा सामाजिक बिकृती मा सुधार ल्याउन आवश्यक रहेको भन्ने आ- आफ्नो मन्तबय राखेका थिए। हाम्रो समाज मा शिक्षा मा कमिकम्जोरि भएकोले शिक्षामा लगानी गर्न आवश्यक रहेको र रजक समुदाय संगठित भइ आफ्नो अधिकार प्रती आवाज उठाउन आवश्यक रहेको भनी मन्तब्य राखेका थिए। दहेजप्रथा , बालविवाह कानुनी अपराध र सामाजिक अपराध बाट समाज लाई मुक्ती दिन निर्धारित उमेर मा आदर्श बिवाह गरि सुखी परिवार सुखको आधार र अन्त्य मा दहेज मुक्त रजक समाज हाम्रो अभियान भनी नाराका साथ कार्यक्रम संचालक द्वारा समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१