Siraha Times
ताजा समाचार

लहानमा पत्रकार विरेन्द्र नेपालको पहलमा सुविधा सम्पन्न अफसेट सञ्चालन

  • असोज २, २०८३
  • ३५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ्चालनमा आएको छ। विश्वकर्मा पूजाको अवसर पारेर हर्शित नेपाल साप्ताहिक पत्रिका परिवारले अफसेटको शाखा विस्तार गर्दै औपचारिक रूपमा सेवा सञ्चालनमा ल्याएको हो।

अफसेट सञ्चालनसँगै स्थानीय स्तरमा पत्रपत्रिका, पुस्तक, सूचना–सन्देशमूलक सामग्री तथा विभिन्न प्रकारका छपाइका कामलाई सहज, व्यवस्थित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ। लहान तथा सिरहामा सञ्चार क्षेत्रको विकाससँगै छपाइ सेवाको स्थानीय आवश्यकता पूरा गर्न यसले योगदान पुर्‍याउने विश्वास गरिएको छ। शाखा विस्तार तथा विश्वकर्मा पूजा अवसरमा आयोजित कार्यक्रममा लहान नगरपालिकाका मेयरसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैतासहित विभिन्न पत्रकार तथा सञ्चारकर्मीहरूलाई कदर तथा सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमले पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्नुका साथै स्थानीय सञ्चार माध्यम र पत्रकारबीचको सहकार्य, पेशागत एकता र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाउने सन्देश दिएको छ। विश्वकर्मा पूजा श्रम, सीप, प्रविधि र उत्पादनसँग जोडिएको पर्व भएकाले यही अवसरमा नयाँ प्रविधि र सेवासहित अफसेट सञ्चालनमा ल्याइनुलाई व्यवसायिक सुरुवातसँगै सञ्चार क्षेत्रमा नयाँ प्रयासका रूपमा समेत हेरिएको छ।

लहानमा सञ्चार क्षेत्र विस्तार हुँदै गएको अवस्थामा स्थानीय स्तरमै आधुनिक छपाइ सेवा उपलब्ध हुनु सञ्चारकर्मी, संघ–संस्था, विद्यालय, व्यवसायी तथा सर्वसाधारणका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। अफसेट सञ्चालनसँगै गुणस्तरीय छपाइ, समयमै सेवा र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्न सके यसले लहानको सञ्चार तथा प्रकाशन क्षेत्रमा थप योगदान पुर्‍याउनेछ।

विश्वकर्मा पूजाको शुभ अवसरमा गरिएको यो नयाँ सुरुवातले पत्रकारिता, प्रकाशन र छपाइ क्षेत्रबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै स्थानीय सञ्चारको विकासमा नयाँ आयाम थपोस्—शुभकामना।

प्रतिक्रिया दिनुहोस

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

खापानी टोलमा सडक नाट ...

ओम प्रकाश यादव, लहान असोज १ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१