Siraha Times
ताजा समाचार

धनगढीमाई नगरपालिकाको ११औँ स्थापना दिवसमा सरसफाइ, वृक्षारोपण तथा रक्तदान कार्यक्रम

  • असोज १, २०८३
  • ८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आविष्कारक भगवान् विश्वकर्माको पूजा अवसरमा सरसफाइ, वृक्षारोपण तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त अग्रसरतामा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत नगर क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण गर्नुका साथै मानव सेवाको महत्वपूर्ण कार्यका रूपमा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको हो । “रक्तदान जीवनदान” भन्ने मूल भावनाका साथ रेडक्रस उपशाखा धनगढीको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । रक्त संकलनका लागि रक्त सञ्चार केन्द्र लहानबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले रक्तदानमार्फत मानव सेवामा योगदान पुर्‍याएका छन् ।

नगरपालिकाको स्थापना दिवसलाई सामाजिक सेवा र जनहितका कार्यसँग जोड्दै आयोजित उक्त कार्यक्रमले सरसफाइ, वातावरण संरक्षण तथा रक्तदानको महत्वबारे सकारात्मक सन्देश दिएको छ । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, रेडक्रस उपशाखा धनगढीका सभापति तथा रक्त सञ्चार केन्द्र लहानबाट रक्त संकलनका लागि खटिनुभएका प्रतिनिधिहरूप्रति आयोजकले आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

खापानी टोलमा सडक नाट ...

ओम प्रकाश यादव, लहान असोज १ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

मधेशमा स्वास्थ्य सुश ...

रहमुल, लहान, १ असोज । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि संवैधानिक अधिकार, सरकारी नीति, बजेट ...

संविधान दिवस मनाउन स ...

रहमुल, लहान, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमसहित मनाउन सिरहामा जिल्ला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१