विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सुख्खा पहिरोका कारण सडक छेउमा रहेको हल्लुरे (जीमहर) को रुख आफैँ ढल्दा नेपाल विद्युत् प्राधिकरण लहान शाखाको प्रसारण लाइनको तार टुटेको छ । रुख ढलेर विद्युत् तारमा क्षति पुगेपछि सडकमा आवतजावत गर्न कठिनाई उत्पन्न भएको छ । तार टुटेको अवस्थामा यत्रतत्र छरिएर रहेकाले स्थानीयवासी तथा यात्रुहरूमा जोखिम बढेको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ वडाध्यक्ष अमित ठकुरी तत्काल घटनास्थलमा पुग्नुभएको थियो । उहाँले घटनाको वस्तुस्थितिबारे नेपाल विद्युत् प्राधिकरण लहान शाखालाई जानकारी गराउँदै तत्काल प्रसारण लाइन काट्न लगाउनुभएको थियो । वडाध्यक्ष ठकुरीका अनुसार सडक छेउमा रहेका जोखिमयुक्त दुईवटा रुख कटानका लागि एक वर्षअघि नै डिभिजन वन कार्यालय लहानमा लिखित निवेदन दर्ता गराइएको थियो । उक्त निवेदनबारे नेपाल विद्युत् प्राधिकरण लहान शाखालाई समेत औपचारिक जानकारी गराईएको थियो ।
तर, जोखिमयुक्त रुख कटानको काम अघि बढ्न नसक्दा अहिले पुनः रुख ढलेर विद्युत् तारमा क्षति पुगेको हो । सडक छेउमा रहेको हाडेको रुखका कारण सम्भावित दुर्घटनाको जोखिम अझै कायमै रहेको वडाध्यक्ष ठकुरीले बताउनुभएको छ । सम्बन्धित निकायले जोखिमयुक्त रुखको व्यवस्थापन तथा टुटेको विद्युत् तारको तत्काल मर्मत गरी सडक आवतजावतलाई सुरक्षित बनाउन आवश्यक कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ । यतिबेला वाडा -१४ का टोल बस्तीमा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस
सखुवानन्कारकट्टीमा जसपा नेतृत्व हस्तान्तरण, पूर्व अध्यक्ष नागेन्द्र यादवद्वारा कार्यालयको साँचो र कागजात बुझाइयो
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic