Siraha Times
ताजा समाचार

लहानमा लागुऔषध कारोबार गर्दै गरेका दुई युवक पक्राउ, ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद

  • पुस २०, २०८२
  • ५३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुष २० । सिरहाको लहान नगरपालिका–१ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान–१ निवासी अं. २३ वर्षका गौतम ठाकुर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ निवासी अं. २१ वर्षका गौतम चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय लहान, सिरहाका अनुसार पुष १९ गते दिउँसो करिब ३ बजे गौतम ठाकुरले लागुऔषध बिक्री–वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले ठाकुरलाई निजकै घर पछाडि रहेको शौचालय नजिक लुकेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले हातमा बोकेको पहेंलो रङको झोला नजिकैको गेहुँबारीमा फालेर भाग्न खोजेका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिई फालेको झोला तथा शरीर खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जनाएको छ। सोही क्रममा गौतम ठाकुरकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा रहेका सप्तरी सुरुङ्गा नगरपालिका–८ का गौतम चौधरीलाई पनि नियन्त्रणमा लिई खानतलासी गर्दा लागुऔषध तथा गाँजा जस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। लागुऔषध बिक्री–वितरणमा प्रयोग हुँदै आएको प्रदेश २–०१–००२ प ६२६३ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गौतम ठाकुरको साथबाट Diazepam, Phenergan र Buprenorphine लेखिएका विभिन्न एम्पुल, एक थान मोबाइल फोन र नगद रकम ने.रु. ४,८१५ बरामद गरिएको छ। त्यसैगरी उनले गेहुँबारीमा फालेको झोलाबाट Buprenorphine, Diazepam, Phenergan, Nitrazepam ट्याबलेट, Wiscorex सिरप, किप्याड मोबाइललगायत ठूलो परिमाणमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

यस्तै गौतम चौधरीको साथबाट दुई थान मोबाइल फोन, लाइटर, नगद रकम ने.रु. ८०० र १५ ग्राम गाँजा जस्तो पदार्थ बरामद गरिएको छ। प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान, सिरहामा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा सञ्जालबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवा प्रसौनीमा निःश ...

रंजित चौरसिया,वीरगंज २४ जेठ। पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर पञ्चगावामा आयोजि ...

सोठियाइन माविको शैक् ...

रहमुल, लहान २४ जेठ । सिरहाको श्री म.ज. माध्यमिक विद्यालय, सोठियाइनको पछिल्लो शैक्षिक नतिजाले विद्याल ...

रास्वपाको प्रथम ऐतिह ...

रहमुल लहान, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशन सिरहामा सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१