सिराहा पुष १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा अवस्थित दलित बस्ती खाली गराउनका लागि पुस १४ गते जारी गरिएको सूचनाको तीव्र विरोध भएको छ । उक्त सूचनाविरुद्ध पत्रकार तथा सामाजिक अभियन्ता विनोद मण्डल (अविरल) ले वडा अध्यक्ष जयप्रकाश शर्मालाई खुला चुनौती दिएका छन् ।
पत्रकार मण्डलले वडा अध्यक्षसँग साँच्चिकै तागत र साहस छ भने दलित बस्तीमा डोजर लगाएर देखाउन चुनौती दिँदै, त्यसविरुद्ध आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले दलित समुदायमाथि बल प्रयोग गरी बस्ती खाली गराउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् ।
उनका अनुसार पुस १४ गते जारी गरिएको सूचना दलित समुदायको मानवअधिकार, आवासको अधिकार र सामाजिक न्यायको मर्मविपरीत छ । कुनै पनि छलफल, वैकल्पिक व्यवस्थापन तथा कानुनी प्रक्रिया बिना यस्तो सूचना जारी गर्नु गम्भीर र आपत्तिजनक विषय भएको मण्डलको भनाई छ ।
पत्रकार मण्डलले स्थानीय सरकार दलित समुदायप्रति संवेदनशील र जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै तत्काल उक्त सूचना फिर्ता लिन माग गरेका छन् । साथै, दलित बस्तीमाथि राज्य शक्तिको दुरुपयोग गर्दै जबर्जस्ती डोजर चलाउने प्रयास भए कडा प्रतिरोध गरिने चेतावनीसमेत दिएका छन् ।
उनका अनुसार यो मुद्दा केवल धनगढीमाई–१२ को एक बस्तीको मात्र नभई समग्र दलित समुदायको अस्तित्व, सम्मान र अधिकारसँग जोडिएको गम्भीर सवाल हो । उनले सम्बन्धित निकाय, मानवअधिकारकर्मी, नागरिक समाज तथा सञ्चार माध्यमलाई यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
६४औँ इन्जिनियर्स डेमा नेशनल मेडिकल कलेजको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic