Siraha Times
ताजा समाचार

एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपालको ८ औं वार्षिकोत्सव सम्पन्न

  • पुस १०, २०८२
  • ६५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका साथ एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपाल को ८ औं वार्षिकोत्सव सिरहा जिल्लाको नवराजपुर गाउँ पालिकाको श्री जनता नमुना विद्यालय सोनवर्षामा  सम्पन्न भएको हो ।

एन.सि.सि. मुख्यालय, जगन्नाथदेवल, काठमाण्डौद्वारा आयोजित कार्यक्रममा जिल्लाभरका एन.सि.सि. अल्मुनाई सदस्यहरूको  सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिकाको प्रमुखले एन.सि.सि. ले विद्यार्थी जीवनमै अनुशासन, नेतृत्व, राष्ट्रप्रेम र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अल्मुनाई एशोसिएशनले त्यसलाई जीवनभर निरन्तरता दिन प्रेरणा दिएको बताए।

उहाँले अनुशासित नागरिक नै सशक्त राष्ट्र निर्माणको आधार हुने भएकाले एन.सि.सि. जस्ता संस्थाको भूमिका अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो। एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपालका केन्द्रीय पदाधिकारीहरूले संस्थाको स्थापनादेखि हालसम्म गरेका गतिविधिबारे जानकारी गराउँदै सामाजिक सेवा, विपद् व्यवस्थापन, रक्तदान, शैक्षिक सहयोग तथा राष्ट्रहितका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए।

उनीहरूले आगामी दिनमा युवालाई लक्षित गर्दै नेतृत्व विकास, स्वदेशमै रोजगारी अभिवृद्धि तथा समाजसेवामूलक कार्यक्रमहरूलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। सिरहा जिल्लाबाट सहभागी प्रतिनिधिहरूले जिल्लामा एन.सि.सि. अल्मुनाई एशोसिएशनको सक्रियताले युवामा अनुशासन र सेवाभाव बढेको बताउँदै स्थानीय स्तरमा सामाजिक सचेतना, स्वास्थ्य शिविर तथा आपतकालीन सहयोगमा संस्थाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको धारणा राखे। कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका एन.सि.सि. अल्मुनाई सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।

साथै, सांस्कृतिक प्रस्तुतिहरू, अनुभव आदान–प्रदान तथा भावी कार्ययोजनाबारे छलफल गरिएको थियो। एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपाल (सिरहा जिल्ला) को आयोजनामा सम्पन्न उक्त ८ औं वार्षिकोत्सवले संगठनात्मक एकता, अनुशासन र राष्ट्रिय सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूको निष्कर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१