सिरहाको छुट्टाछुट्टै स्थान बाट १३ लाखको सामान सहित दुई जना पक्राउ

  • साउन २१, २०७६
  • ६६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो । सिरहा - श्रावण २१ -सिरहाको छुट्टाछुटै स्थानबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।करीब १३ लाख मूल्य बराबरको अवैध सामानसहित गए राति दुई जनालाई पक्राउ गरेका छन् । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किराना खाध्यानका समान तथा सवारी साधनसहित प्रहरीले सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर३२जे १२०६ नंको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैधरूपमा लिएर आइरहेको किराना सामानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । त्यसैगरी सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध सामानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतो पक्राउ का हुन । स१प ९२०२ नंको मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाए । पक्राउ गरिएको सम्पूर्ण सामान जिल्ला भन्सार कार्यालय माडरमा राखीएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराबताए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१