२८ बुँदे माँग सहित जसपा नेपाल सिरहा द्वारा सदरमुकाममा भव्य प्रदर्शन

  • पुस ४, २०८२
  • ४६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष्ट्रिय मुद्दाहरू अघि सार्दै आज सिरहा सदरमुकाममा प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय आह्वानअनुसार आयोजित प्रदर्शनमा ठूलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकार विरुद्ध चर्को नाराबाजी गर्दै मधेशका जनसमस्याहरू, सुशासन, समान अधिकार, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका माँगहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माँग गरेका थिए। प्रदर्शनकारीहरूले जनताको जीवनस्तर सुधार र अधिकार सुनिश्चितताका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए।

जसपा नेपाल सिरहाले जनताको आवाजलाई दबाउने प्रवृत्तिको अन्त्य गर्न, संविधानले प्रत्याभूत गरेका अधिकारहरू व्यवहारमा लागू गर्न तथा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने समस्याहरू समाधान नगरेमा आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ। यस विषयमा जानकारी दिँदै जसपा नेपालको सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव रामु महतोले जनताको हक, अधिकार र पहिचानका सवालमा पार्टी पछि नहट्ने स्पष्ट पार्दै सरकारलाई गम्भीर भएर माँग सम्बोधन गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१