Siraha Times
ताजा समाचार

सुरुङ्गामा ३ दिने नि:शुल्क आँखा शिविर सम्पन्न, ३४१ जनामा मोतियाबिन्दु पुष्टि

  • पुस १, २०८२
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा भेडिया, धाती बजार तथा मा.वि. कुशहामा ३ दिनसम्म सञ्चालन गरिएको नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा जम्मा ९५८ जना बिरामीहरूको आँखा जाँच गरिएकोमा ३४१ जनामा मोतियाबिन्दुको समस्या पत्ता लागेको छ।

मोतियाबिन्दु पुष्टि भएका बिरामीहरूको शल्यक्रिया (अपरेशन) खर्च तथा चश्मा लगायत आवश्यक सामग्रीको सम्पूर्ण खर्च सुरुङ्गा नगरपालिकाले व्यहोर्ने जनाएको छ। नगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता नि:शुल्क शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीयवासीहरूले शिविरबाट ठूलो राहत मिलेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१