परोपकार हेल्थ केयर सेन्टर लहानमा फिजियोथेरापीमार्फत लकवा तथा नशा–जोर्नी रोगको प्रभावकारी उपचार

  • मंसिर २७, २०८२
  • ५५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर २७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. १२, भोटियाटोलस्थित चौकमा सञ्चालनमा रहेको परोपकार हेल्थ केयर सेन्टर सुविधा सम्पन्न अस्पतालका रूपमा पहिचान बनाउँदै अघि बढिरहेको छ। यस हेल्थ केयर सेन्टरमा डा. कासिन्द्र कुमार मेहरा ( Consultant Neuro Physiotherapist ) द्वारा विशेषगरी लकवा, गेठिया, वातरस तथा नशा–जोर्नीसम्बन्धी रोगको आधुनिक फिजियोथेरापी विधिबाट उपचार गरिँदै आएको छ।

नशा र जोर्नीसम्बन्धी रोग, लकवा तथा दीर्घकालीन पीडाले ग्रसित बिरामीहरूका लागि परोपकार हेल्थ केयर सेन्टर आशाको केन्द्र बनेको छ। यहाँ उपचारका लागि सिरहा जिल्लाका विभिन्न स्थानका साथै जनकपुर, विराटनगर तथा छिमेकी देश भारतको खरैया लगायतका ठाउँबाट समेत बिरामीहरू आउने गरेका छन्। अन्यत्र उपचार गर्दा निको नभएका धेरै बिरामीहरू यहाँ आएर स्वास्थ्य लाभ लिएको अस्पतालले जनाएको छ।

परोपकार हेल्थ केयर सेन्टरमा औषधिमा मात्र निर्भर नभई फिजियोथेरापीको वैज्ञानिक र व्यावहारिक विधि प्रयोग गरी उपचार गरिन्छ। लकवाका कारण हातखुट्टा चलाउन समस्या भएका, नशा च्यापिएको, जोर्नी दुखाइ, सुन्निने तथा चलायमानता घटेका बिरामीलाई व्यक्तिगत अवस्था अनुसार थेरापी प्रदान गरिन्छ। नियमित व्यायाम, नशा सक्रिय बनाउने थेरापी, जोर्नी मजबुत बनाउने अभ्यास तथा पुनःस्थापना (Rehabilitation) प्रक्रियाबाट बिरामीलाई क्रमशः सामान्य जीवनतर्फ फर्काउन सहयोग पुर्यााइन्छ।

न्युरो फिजियोथेरापी क्षेत्रमा अनुभवी डा. कासिन्द्र कुमार मेहराको प्रत्यक्ष निगरानीमा उपचार हुने भएकाले बिरामी तथा आफन्तहरूले ठूलो भरोसा गरेका छन्। उहाँका अनुसार समयमै सही फिजियोथेरापी पाए लकवा तथा नशा–जोर्नीसम्बन्धी धेरै रोग निको हुन सक्छन् वा कम्तीमा पनि जीवनयापन सहज बनाउन सकिन्छ।

पहिले यस्ता रोगको उपचारका लागि ठूलो शहर वा भारतसम्म जानुपर्ने बाध्यता रहेकामा अब लहानमै सुविधा सम्पन्न हेल्थ केयर सेन्टर सञ्चालनमा आएपछि विरामीलाई ठूलो राहत मिलेको छ। परोपकार हेल्थ केयर सेन्टरले सस्तो, प्रभावकारी र भरोसायोग्य सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्या इरहेको एक उपचाररत विरामीले बताए । यसरी परोपकार हेल्थ केयर सेन्टर लहानले फिजियोथेरापीमार्फत लकवा, गेठिया, वातरस तथा नशा–जोर्नीसम्बन्धी रोगीहरूका लागि नयाँ आशा जगाउँदै स्वास्थ्य सेवामा उदाहरणीय भूमिका निर्वाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रिय समाचार समि ...

रहमुल, लहान, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५औँ वार्षि ...

छपकैयामा घरदैलो गर्द ...

वीरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि ...

लहान–४ मा जनसागर: पर ...

लहान फागुन ६ । सत्य नारायण यादवको नेतृत्वमा लहान नगरपालिका–४ मा सञ्चालन गरिएको घरदैलो अभियानमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१