Siraha Times
ताजा समाचार

कर्जन्हामा दनुवार समुदायका युवती कुमर बैध दनुवारको नृशंस हत्या, निष्पक्ष छानबिन र कडा कारबाहीको माग

  • मंसिर २७, २०८२
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जितेन्द्र सिंह दनुवार सिरहा मंसिर २७ । हालै सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा न.१, वल्टीया निवासी अमिना कुमर बैध दनुवारको नृशंस हत्या घटनाले सम्पूर्ण दनुवार समुदाय मात्र होइन, सम्पूर्ण न्यायप्रेमी नागरिकलाई गहिरो पीडा, आक्रोश र चिन्तामा पारेको छ । एक निर्दोष नागरिकमाथि गरिएको यस्तो अमानवीय, क्रूर र जघन्य अपराधको दनुवार जागरण समितिले घोर भर्त्सना गरेको छ ।

समितिका अनुसार घटनाको प्रारम्भिक विवरणले हत्या योजनाबद्ध र सुनियोजित रूपमा गरिएको गम्भीर आशंका उत्पन्न गरेको छ । यस घटनाले हाम्रो समाजमा अझै पनि कमजोर, सीमान्तकृत समुदायमाथि भइरहेका हिंसा, विभेद र दण्डहीनताको भयावह अवस्थालाई उजागर गरेको बताइएको छ । पीडित परिवारले भोग्नुपरेको असह्य पीडाप्रति दनुवार जागरण समितिले गहिरो समवेदना व्यक्त गरेको छ ।

दनुवार जागरण समितिले अमिना कुमर बैध दनुवार हत्या घटनाको निष्पक्ष, पारदर्शी र द्रुत छानबिन गरी वास्तविक दोषीलाई अविलम्ब सार्वजनिक गर्न माग गरेको छ । घटनामा संलग्न सबै दोषीमाथि कानूनबमोजिम कडा भन्दा कडा कारबाही गरिनुपर्ने समितिको स्पष्ट माग छ । साथै पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति, सुरक्षा तथा आवश्यक न्यायिक सहयोग प्रदान गर्न राज्यसँग आग्रह गरिएको छ ।

समितिले यस्ता जघन्य घटना पुनः दोहोरिन नदिन सीमान्तकृत समुदायको सुरक्षा सुनिश्चित गर्ने दीर्घकालीन व्यवस्था अविलम्ब लागू गर्न राज्यसँग माग गरेको छ । यदि घटनामा कुनै किसिमको लापरवाही, बेवास्ता वा अपराधीलाई संरक्षण गरेको देखिएमा सम्बन्धित जिम्मेवार निकायमाथि पनि छानबिन गरी कडा कारबाही गरिनुपर्ने चेतावनी दिइएको छ ।

दनुवार जागरण समितिले स्पष्ट रूपमा चेतावनी दिँदै भनेको छ कि यदि यस घटनामा न्याय सुनिश्चित गर्न ढिलासुस्ती, पक्षपात वा दण्डहीनताको अवस्था देखिएमा समिति पीडित परिवारको पक्षमा उभिएर शान्तिपूर्ण तर सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछ ।

समितिले सरकार, सुरक्षा निकाय, मानव अधिकारकर्मी, सञ्चार माध्यम तथा सम्पूर्ण नागरिक समाजलाई यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै न्यायका लागि एकजुट हुन हार्दिक आग्रह गरेको छ । “न्याय नपाएसम्म हाम्रो संघर्ष जारी रहनेछ,” भन्दै दनुवार जागरण समितिले पीडित परिवारलाई न्याय दिलाउन अन्तिम हदसम्म लड्ने दनुवार जागरण समितिका सूचना अधिकारी जितेन्द्र सिंह दनुवारले जनाए ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१