Siraha Times
ताजा समाचार

दलित विकास मञ्च, सिरहाद्धारा बालविवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर २४, २०८२
  • १२२२ पटक पढिएको
  • सन्जय
alt

संजय महरा सिरहा मंसिर २४  । दलित विकास मञ्च, सिरहाले १६ दिने लैङ्गिक हिंसा दिवसकेा अवसरमा बालविवाह न्युनिकरण सम्बन्धि जिल्ला स्तरिय अन्तरकृया कार्यक्रम सम्मपन्न भएको हो । अन्तरकृया कार्यक्रममा कल्याणपुर नगरपालिकाको कार्यवाहक नगरप्रमुख रेखा कुमारी यादबको प्रमुख आतिथ्यमा र दलित विकास मन्च सिरहाको आयोजनामा र कल्याणपुर नगरपालिकाको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाको सहकार्यमा अन्तरकृया  कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता भने  दलित विकास मन्च सिरहाको सचिव समुन्द्रि महराले गरेकी थिइन । यस कार्यक्रममा महिला वडा सदस्यहरु ᳜आमा समुहको सँयोजकहरु ᳜स्वास्थ्य स्वमसेविकाहरु᳜ किशोरीकिशोर सन्जालका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम आयोजना गर्नुको मुख्य उद्धेश्य भने बालविवाह हाम्रो मधेशी समाजमा हानिकारक प्रथाको रुपमाअहिले पनि स्थापित नै रहेको छ ।पहिलाको तुलनामा अहिले केही हदसम्म घटेको छ । बालविवाह दलित तथा सिमान्तकृत समुदायमा बढि भइरहेको छ ।बालविवाह हुनुका विभिन्न कारणहरु छन् जस्तैमा गरिबि ᳜बेरोजगारी ᳜अशिक्षा ᳜चेतनाको कमी ᳜रुढिवादी परम्परा र दाइजो प्रथा यीकारणहरुले गर्दा समाजमा बालविवाह भइरहेको छ । बालविवाह शहरमा भन्दा ग्रामिण भेगहरुमा बढि हुनेगरेको छ ।

अहिले धेरै अभिभावकहरुले भन्ने गर्दछन् की सामाजिक सन्जाल तथा प्रविधिको प्रयोगबाट पनि धेरै किशोरकिशोरीहरु भागि विवाह उमेर नै नपुगिकन भागनेहरुको सँख्या बढिरहेको छ । समुदायमा एकजनाले भागि विवाह गरेको घटनाले गर्दा त्यहाँका अन्य परिवारमा डरत्रास फैलिन्छ  जान्छ र ईज्जत मान प्रतिष्ठाको जान्छ की मेरो छोरी पनि भाग्छ की भन्ने डरले पनि बालविवाह हुने गरेको छ । जबकी नेपालको सँविधानमा विवाह गर्नै निश्चित उमेर २० बर्ष तोकेको छ ।समाजमा यो कानुनको पालना भने भइरहेको छैनन। नगरप्रमुखले  मन्तव्यको क्रममा  बालविवाह रोकथाम गर्नमा सबभन्दा पहिला आफ्नो घरबाट नै सुरुवात गर्नुपर्छ यो कुरालाई बास्तवमा नै मनन गर्न एकदम जरुरी रहेको छ  ।

यो  अभियानमा  कुनै  संघसँस्था᳜ , पालिका वा  समाजका अगुवा व्यक्तिले र सुरक्षा निकायले मात्र गरेर सम्भव छैनन ,यसमा सबै जना एकजुट भएर लाग्नुपर्छ ।मानिसहरुले  व्यवहारमा लागु गर्न जरुरी छ भन्नेमाथि जोडदिएकी थिइन् ।᳚  सामाजिक सन्जालको दुरुपयोग बाट पनि अहिले हिसाँका घटनाहरु बढिरहेको छ । मानसिक तनाव ,यौन दुव्यवहार ,अनलाइनबाट हुने हिसाँका कारणले पनि आत्यहत्याका घटनाहरु अहिले बढिरहेको छ । बालविवाह,दाइजो प्रथा , घरेलु हिसाँ तथा आत्महत्या जस्ता विषयमाहरुमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुको ध्यान पुग्न एकदमजरिरुरहेको छ ।कार्यक्रमको उद्धेश्य तथा औचित्यको बारेमा दलित विकास मन्च, सिरहामा कार्यरत परियोजना सँयोजक सरिता महरा ले प्रष्ट पारेकी थिइनन ।

प्रतिक्रिया दिनुहोस

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१