Siraha Times
ताजा समाचार

सिरहा सदरमुकाममा सहुलियत दरमा काठ बिक्री वितरण सुरु

  • मंसिर २४, २०८२
  • ६४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान , मंसिर २४ । जिसस प्रमुख दिनेश कुमार महतो ज्यूको विशेष उपस्थितिमा सिरहाको सदरमुकाममा आज मंसिर २४ बुधबारदेखि सखुवा सहित विभिन्न प्रजातिका काठ सहुलियत दरमा बिक्री वितरण कार्य सुरु भएको छ। काठको माग बढ्दै गएपछि उपभोक्तालाई सहज र किफायती दरमा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै दिनेश कुमार महतोले काठ आवश्यक परेका उपभोक्ताले अब सजिलै दरबार्गेन व्यवसायीकृत प्रणालीबाट काठ पाउन सक्ने भएकाले अनावश्यक बिचौलियाबाट भ्रमित नहुन आग्रह गर्नुभयो। उहाँले सामाजिक न्याय, पारदर्शिता र उपभोक्ता हितलाई प्राथमिकतामा राखेर काठ वितरण कार्य अघि बढाइने बताउनुभयो। काठ बिक्री वितरणका लागि आवश्यक सबै प्राविधिक प्रक्रिया पूरा भइसकेको जनाइएको छ।

सखुवा लगायत अन्य प्रजातिको काठ उपभोक्ताले निर्धारित दरमा कागजी प्रक्रिया पूरा गरेर खरिद गर्न सक्नेछन। स्थानीय नागरिक तथा निर्माण व्यवसायीले सहुलियत दरमा काठ उपलब्ध भएपछि लागत घट्ने र निर्माण कार्यमा सहजता आउने अपेक्षा व्यक्त गरेका छन्। काठ बिक्री वितरण कार्य दैनिक कार्यालय समयभित्र सञ्चालन हुने र माग अधिक भएमा आवश्यक परिमार्जन गरी थप व्यवस्था मिलाइने सम्बन्धित कार्यालयले जनाएको छ। स्थानीय तह, उपभोक्ता र संबंधित निकायको सहकार्यमा कार्यक्रमलाई व्यवस्थित ढंगले अघि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१