सिरहा क्षेत्र नं–१ मा जसपाको संगठन विस्तार र निर्वाचन तयारी सम्बन्धी विशेष बैठक सम्पन्न

  • मंसिर १३, २०८२
  • ४७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १३ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा क्षेत्र नम्बर–१ द्वारा आयोजित संगठन विस्तार, निर्वाचन अभियान सुदृढीकरण तथा पार्टी नीति–रणनीति अभिवृद्धि सम्बन्धी विशेष बैठक आज लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न भयो। मिति २०८२ मंसिर १३ गते बसेको सो बैठक आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संरचना मजबुत गर्ने, वडा–वडामा संगठन विस्तार तीव्रता दिने तथा मतदाता अभिमुखी कार्यक्रम सञ्चालन गर्ने मुख्य उद्देश्यसहित सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथी जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश सभा सदस्य राजु गुप्ता रहेका थिए। बैठकमा प्रदेश सभा सदस्य ललिता विद्रो, जसपा केन्द्र सदस्य सत्य नारायण यादव, जसपा जिल्ला समिति अध्यक्ष अशोक यादव, जसपा लहान नगर अध्यक्ष रामउदगार महतो, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, जसपा नेता परियाग लाल यादव, दिपेश यादव, नागेन्द्र यादव लगायत वडा अध्यक्षहरू, प्रदेश–केन्द्र सदस्यहरू तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

बैठकले वडा तहदेखि प्रदेश तहसम्म संगठनलाई अझ सुदृढ बनाउने, युवा, महिला तथा समुदाय–केन्द्रित मतदाता समूहलाई प्रभावकारी रूपमा पार्टीसँग जोड्न विशेष रणनीति निर्माण गरेको जानकारी दिइयो। साथै, निर्वाचन अभियान अन्तरगत घर–घरमा पुगेर जसपाको मूल विचार–धारा, सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रको सन्देश जनस्तरमा पुर्‍याउने निर्णय बैठकले पारित गरेको छ।

पार्टीलाई आगामी निर्वाचनमा शक्तिशाली राजनीतिक विकल्पका रूपमा स्थापित गर्न एकीकृत रणनीतिका साथ अघि बढ्ने साझा प्रतिबद्धता बैठकमा सहभागी सबैले व्यक्त गरे। जसपालाई अझ सशक्त, जनमुखी र मतदातामैत्री बनाउने उद्देश्यले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आफ्नो–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरिएको बैठकमा बताइएको छ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१