Siraha Times
ताजा समाचार

लहान २० र २१ का लागि ब्रहमान गोर्छारी मावि प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर

  • मंसिर १३, २०८२
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर १३ । लहान नगरपालिका–२० र २१ का बासिन्दालाई लक्षित गरी मावि ब्रहमान गोर्छारीको प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ। शिविरको उद्घाटन लहान नगरपालिकाका मेयर महेश चौधरी र सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले संयुक्त रूपमा गर्नुभयो।

उद्घाटनका क्रममा मेयर चौधरीले शिविरमार्फत आँखा जाँच गराई समयमै समस्या पत्ता लगाउन सबै नागरिकलाई आग्रह गर्नुभयो। नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निरन्तर रूपमा शिविर सञ्चालन भइरहेको छ।

नगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म १७ हजार ३६४ जनाले आँखा जाँच गराइसकेका छन्। तीमध्ये ७ हजारभन्दा बढीलाई औषधि वितरण गरिएको छ भने ३ हजारभन्दा बढीले निःशुल्क चस्मा प्राप्त गरेका छन्। यस्तै, मोतिबिन्दुको शल्यक्रिया गराएकामध्ये हालसम्म १ हजार ९०५ जनाले निःशुल्क सेवा लिएको नगरपालिकाले जनाएको छ।

शिविरमा जाँचपछि थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालसम्म लैजाने र उपचारपछि घरसम्म पु¥याउने व्यवस्था समेत गरिएको बताइएको छ। नगरपालिकाबासीले सहज रूपमा आँखा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी आगामी दिनमा पनि यस्ता शिविर निरन्तर सञ्चालन गरिने मेयर चौधरीले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१