Siraha Times
ताजा समाचार

विश्व शौचालय दिवस २०२५ : “परिवर्तनशील संसारमा सरसफाई हामीलाई सधै शौचालय चाहिन्छ”

  • मंसिर ८, २०८२
  • ७८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, मंसिर ८ । विश्व शौचालय दिवस २०२५ को अवसरमा लहान नगरपालिका २४, मलहनमा अवस्थित श्री लेखनाथ माध्यमिक विद्यालयमा विश्व शौचालय दिवस २०२५ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। “परिवर्तनशील संसारमा सरसफाई : हामीलाई सधैं शौचालय चाहिन्छ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा घर–घरमा चर्पी निर्माण, स्वच्छता अभियान, तथा सुरक्षित पानीको पहुँच विस्तार जस्ता महत्वपूर्ण विषयमा सरोकारवाला निकायहरूले ठोस प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा “घरघरको शान : स्वच्छता अभियान” र “Love Every Drop” जस्ता अभियानहरूको सन्देशलाई विशेष रूपमा जोड दिइयो। नेपाल खानेपानी संस्थान, लहान नगरपालिका, WaterAid लगायत संस्थाहरूको सक्रियतामा सम्पन्न कार्यक्रममा घर–घरमा चर्पी निर्माण, सुरक्षित पानीको प्रयोग र फोहर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्थानीय बासिन्दालाई जागरण गराइएको थियो।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा समेत महत्वपूर्ण छलफल भयो। लहान नगरपालिकाका मेयर महेश चौधरीले लेखनाथ माविलाई आउदो दिनमा अंग्रेजी माध्यममा पठन–पाठन सञ्चालन गर्न नगरपालिका तत्पर रहेको बताउँदै आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिए। उनले कापीकलम व्यवस्थापनदेखि अभिभावक तथा शिक्षकका समस्या समाधानमा पनि नगरपालिका सक्षम र सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। मेयर चौधरीले भने “यहाँका जनतालाई कुनै समस्या छ भने नगरपालिकामा सम्पर्क गर्नुहोस्, हामी सबै दुख–सुखमा साथ दिनेछौँ। शिक्षा, स्वास्थ्य र स्वच्छता हाम्रो प्राथमिकता हो।”

लहान–२४ का वडा अध्यक्ष रासलाल रायले स्थानीय क्षेत्रमा अझै ५३८ घरपरिवार चर्पीविहीन रहेको तथ्य प्रस्तुत गर्दै खुला दिसापिसाबको प्रचलनले महिला, किशोरी तथा परिवारको सामाजिक प्रतिष्ठामा प्रत्यक्ष असर पार्ने बताए। उनले भने “मोबाइलका लागि ५००००/६०००० हजार खर्च गर्छौं,तर चर्पी बनाउन बेवास्ता गर्छौं।खुला शौचले परिवारको सम्मान र छोराछोरीको भविष्यमा खराब असर गर्छ।

जसलाई आर्थिक समस्या छ, नगरपालिकाले आफैँ चर्पी बनाइदिन्छ।” उनले महिलादिदीबहिनीलाई खुला दिसापिसाब अन्त्य अभियान सफल बनाउन सामूहिक सहभागिताको लागि विशेष अपिल गरे। कार्यक्रममा सरसफाई, सुरक्षित पानी, महिला सुरक्षा, व्यक्तिगतरुपमा स्वच्छता, स्यानिटरी प्याडको उपयोग, साबुन र फोहर व्यवस्थापनको सम्बन्धमा समेत विस्तृत अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले घर–घरमा सुरक्षित पानीको प्रयोग र सरसफाई सामग्रीको अनिवार्य आवश्यकता रहेकोमा जोड दिए। नेपाल खानेपानी संस्थानका प्रतिनिधिहरूले स्वच्छ पानी तथा घर–घरमा चर्पी निर्माण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता सार्वजनिक गरे।

कार्यक्रममा सामुदायिक नेतृ, अभिभावक, पत्रकार, विद्यार्थी तथा स्थानीय बासिन्दाको सहभागिता थियो। विद्यालय प्रशासनले स्वच्छता र गुणस्तरीय शिक्षा—दुवै क्षेत्रमा साझेदारी आवश्यक रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरेको थियो।कार्यक्रमले लहानमा स्वच्छ र सुरक्षित वातावरण, खुला दिसामुक्त वडा घोषणा, र स्वास्थ्यप्रति संवेदनशील समाज निर्माणका लागि नयाँ ऊर्जा र आशा प्रदान गरेको सहभागीहरूको धारणा थियो। अन्तिम सन्देश :“सफा शौचालय, सुरक्षित पानी — स्वस्थ जीवनको आधार।” “घरघरमा चर्पी बनाऔँ, असल समाज र सम्मानित भविष्य बनाऔँ।”

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१