Siraha Times
ताजा समाचार

सप्तरीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, २४० मध्ये १०४ जनामा मोतियाविन्द फेला

  • मंसिर ६, २०८२
  • ६८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान मंसिर ६ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा रहेको लक्ष्मी कृषि सहकारी संस्था लि.को आयोजनामा तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा खडक नगरपालिका–५ कल्याणपुर प्राथमिक उपचार केन्द्रमा आयोजित निःशुल्क आँखा जाँच शिविर  सम्पन्न भएको छ।

FB_IMG_1763788471554

शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालित उक्त शिविरमा करिब २४० जनाले आँखा परीक्षण गराएका थिए जसमध्ये  १०४ जनामा मोतियाबिन्दको समस्या भेटिएको शिविर आयोजकले जानकारी दिएको छ। मोतियाबिन्द पुष्टि भएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि तत्काल लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल पठाइएको छ। अन्य बिरामीहरूलाई आवश्यक औषधि तथा चश्मा वितरण गरी घर फर्काइएको सहकारी संस्थाले जानकारी दिएको छ।

लक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष श्रीराम यादवले संस्था विगत १७ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा यस्ता जनहितका कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे। यसैबीच, खडक नगरपालिका क्षेत्रभित्र महत्त्वपूर्ण सामाजिक तथा स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम हुँदाहुँदै पनि कुनै पनि जनप्रतिनिधि उपस्थित नभएको विषयमा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्। स्थलगत रिपोर्टिङका क्रममा स्थानीयवासीले “जनताको स्वास्थ्य सरोकारका कार्यक्रममा समेत जनप्रतिनिधि नदेखिनुले स्थानीय सरकारप्रति विश्वसनीयता घटेको” भन्दै गुनासो पोखेका थिए।

शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवाप्रति पहुँच विस्तार गर्न ठूलो योगदान पुर्याएको बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१