Siraha Times
ताजा समाचार

श्री सरस्वती साना किसान कृषि सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न

  • मंसिर ६, २०८२
  • ७०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी मंसिर ६ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा न. १ मल्हनिया स्थित सरस्वती साना किसान कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा आज भव्य रूपमा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष चानो देबी रामको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादबको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सहकारी प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, बुद्धिजीवी तथा सञ्चारकर्मीको उल्लेख्यनिय उपस्थिति रहेको थियो।

सहकारीले विगतदेखि नै सदस्यहरूबीच निक्षेप संकलन, सहुलियतपूर्ण ऋण प्रवाह, असुली व्यवस्थापन, व्यवसायिक तालिम सञ्चालन, रेमिट्यान्स सेवा र पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी सभामा दिइयो। सहकारीका गतिविधिले कृषक तथा ग्रामीण समुदायको आर्थिक सबलीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको संस्थाको प्रबन्धक बिबेक कुमार चौधरीले जनानाएको छ।

साधारणसभामा बलान बिहुल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामकुमार यादब, सिस्वा बेल्ही साना किसान कृषि सह्कारीको अध्यक्ष बिष्णुदेब मन्डल/ प्रबन्धक श्रवण कुमार साह, पातो सहकारी संस्थाको अध्यक्ष सत्य् नारायण यादब, डा. दुर्गेन्द्र मघैया , महुली लघुबित मल्हनिया शाखाको प्रबन्धक जितेन्द्र कामैत, बरिस्ठ समाजसेबी गङाराम यादब , रामप्रकाश भदैसवार,समाजिकअभियानता पवन शर्मा, कृषि विशेषज्ञ नाथु प्रसाद चौधरी , श्री.राष्ट्रिय दुर्गातारा माध्यमिक.विद्यालय.मल्हनियाँको प्र. अ. रामनारायण यादव, संस्थाको कर्मचारी बिभेश कुमार यादब, सबिता चौधरी,शेयर धनीहरु, शेयर सदस्यहरुको उलेखनिय उपस्थिति पाहुनाहरुलाइ शब्द पुष्पबाट सुरुङ्गा नगरपालिका वडा न.११ को सति अनुसिया मन्डलले स्वागत गरेकी थिइन। वक्ताहरूले सहकारीको भूमिकालाई सराहना गर्दै ग्रामीण आर्थिक विकासका लागि सहकारी आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउन सुझाव दिएका थिए।

सहकारीले आगामी वर्षका लागि सदस्य विस्तार, कृषि क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम, महिला समूह सशक्तीकरण, दिगो कृषि अभ्यासका लागि लगानी अभिवृद्धि, र स्थानीय उत्पादनलाई बजार जडानका उपायहरू अवलम्बन गर्ने योजना प्रस्तुत गरेको छ। २०८१/०८२ को आय–व्यय १४,७३,५३१ सहितको प्रतिवेदन संस्थाका प्रबन्धक बिबेक कुमार चौधरीले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादबले सहकारी भबनको लागि असार सम्म्मा २५ लाख दिने बाचा गर्नु भयो। सहकारीलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भन्दै यसको पारदर्शिता, सदुपयोग र जनमुखी गतिविधि विस्तारमा गाउँ - पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको कुरा लेखा संयोजक तथा कार्यक्रम संचालक दिगम्बर यादवले जनाए ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१