Siraha Times
ताजा समाचार

Gen-Z युवाहरूको अनुगमनमा झिझौलको जनता माध्यमिक विद्यालयमा अनियमितताको उजागर

  • मंसिर ६, २०८२
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर ६ । सिरहा जिल्ला बरियारपट्टी गाउँपालिका वडा न. ५ झिझौलस्थित श्री जनता माध्यमिक विद्यालयमा जेन–जेड (Gen-Z) युवाहरूले शुक्रबार गरेको अनुगमनले विद्यालयमा रहेका विभिन्न आन्तरिक व्यवस्थापन, आर्थिक पारदर्शिता तथा शैक्षिक गतिविधिसम्बन्धी अनुगमन गरेको छ । विद्यार्थी र अभिभावकबाट लगातार गुनासो आएपछि Gen-Z बरियारपट्टीका समूह प्रत्यक्ष विद्यालय पुगेको थियो।

अनुगमनका क्रममा युवाहरूले पठनपाठनको वास्तविक अवस्था, शिक्षक अभाव, शुल्क असूलीमा देखिएको अनियमितता, विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ तथा विद्यार्थीहरू विद्यालय समयमै बाहिर जाने प्रवृत्ति जस्ता विषयमा विद्यालय प्रधानाध्यापक दिनेश प्रसाद यादवसँग प्रष्टिकरण माग गरे। Gen-Z समूहका संयोजक रुपेश कुमार यादवका अनुसार विद्यालय पुग्नेबित्तिकै उठाइएका प्रश्नमा प्रधानाध्यापक दिनेश प्रसाद यादवले स्पष्ट जवाफ दिन नचाहेको र बाङ्गो–टिङ्गो प्रतिक्रिया दिएका कारण केहीबेर वातावरण तनावपूर्णजस्तै बनेको थियो।

युवाहरूले विशेषगरी आर्थिक अनियमितताको विषयलाई कडाइका साथ उठाए थिए । जसमा कक्षा ९ का विद्यार्थीबाट परीक्षा रजिस्ट्रेसन दस्तुर ३०० रुपैयाँ हुनुपर्नेमा ८०० रुपैयाँ असूली गरिएको र ५०० रुपैयाँ हुने परीक्षा शुल्क १००० रुपैयाँ उठाइएको विषयमा उनीहरूले गम्भीर आपत्ति जनाए। सरस्वती पूजाको नाममा अतिरिक्त चन्दा संकलन गरिएको, तर छिमेकी विद्यालयहरूले यस्तो चन्दा नलिने गरेको उदाहरणसमेत प्रस्तुत गरेका थिए । विद्यार्थीबाट उठाइने शुल्कको रसिद नदिइनु र बढी लिइएको रकम फिर्ता नगर्नु प्रशासनको पारदर्शिता र उत्तरदायित्वप्रति ठूलो प्रश्न भएको उनीहरूको निष्कर्ष थियो।

अनुगमनमा गएका युवाहरुले विद्यालयमा विगत ५ वर्षदेखि व्यवस्थापन समिति गठन नभएकाले समन्वय, निर्णय प्रक्रिया र उत्तरदायित्व सुनिश्चित हुन नसकेको उल्लेख गर्‍यो। त्यस्तै, दुई शिक्षक पद रिक्त रहनुका कारण नियमित कक्षा सञ्चालनमा समस्या भई विद्यार्थीहरूको सिकाइमा प्रत्यक्ष असर परेको जनाइएको छ। कक्षा नियमित नहुँदा धेरै विद्यार्थी विद्यालय समयमै बाहिर निस्कने, समूहमा हिँडडुल गर्ने तथा गलत परिवेशमा फस्ने जोखिम बढेको अभिभावकहरूको गुनासोसमेत उनीहरूले प्रस्तुत गरे।

अनुगमनमा प्रेम कुमार यादव, उमेश प्रसाद यादव, सचेन्द्र प्रसाद यादव, रञ्जित कुमार यादव, इन्द्रदेव यादव, रुपेश यादव, जितेन यादव र धिरेन्द्र कुमार यादव सहभागी थिए। उनीहरूले विद्यालय प्रशासनका त्रुटिपूर्ण गतिविधि तत्काल सुधार गर्न, अभिभावक तथा विद्यार्थीको विश्वास पुनःस्थापना गर्न तथा आर्थिक गतिविधिमा पूर्ण पारदर्शिता कायम गर्न विद्यालयलाई माग राखे।

Gen-Z समूहले विद्यालय प्रशासनले चाँडै सुधारात्मक कदम नचाले स्थानीय अभिभावक, विद्यार्थी तथा सरोकारवालासँग समन्वय गरी थप कडा कदम चालिने चेतावनी दिएको छ। समूहले विद्यालयका अनियमितता समाधान नभएसम्म अनुगमन र जनसरोकारका गतिविधि निरन्तर जारी राखिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१