Siraha Times
ताजा समाचार

नशामुक्त अभियानलाई नवराजपुर गाउँपालिकाले दियो नयाँ उर्जा

  • मंसिर ६, २०८२
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ मंसिर । सिरहाको नवराजपुर गाउँपालिकाले नशा नियन्त्रण तथा रोकथामलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेसँगै “नशामुक्त अभियान” थप सशक्त बन्दै गएको छ। गाउँपालिकाका अध्यक्ष शिवउदगार यादव (शिवा)को नेतृत्वमा सञ्चालन भइरहेको यस अभियानअन्तर्गत आज महत्वपूर्ण प्राविधिक स्रोत—गाँजा, कोकिन, यावा, ट्रामाडोल, हिरोइनलगायतका हानिकारक लागूपदार्थहरूको निगरानी तथा परीक्षणका लागि आवश्यक १२ थान (१२० पिस) विशेष किट प्रमुख जिल्ला अधिकारी (CDO)लाई हस्तान्तरण गरिएको छ।

यस कदमले दुव्र्यसन नियन्त्रणका गतिविधिलाई थप गति दिने तथा अवैध कारोबारविरुद्ध कडाइका साथ कारवाही गर्न प्रशासनलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। परीक्षण र निगरानी प्रणाली मजबुत भएपछि गाउँपालिकाभर सचेतना, अनुगमन र कानून कार्यान्वयन अझ प्रभावकारी बन्नेछ भन्ने विश्वास लिइएको छ। अध्यक्ष यादवले युवालाई राष्ट्रको ऊर्जा र परिवर्तनका वाहकका रूपमा सम्बोधन गर्दै नशाले होइन, शिक्षा, सीप, रोजगारी र खेलकुदमार्फत उज्ज्वल भविष्य निर्माण गर्ने वातावरण बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए।

अभियानमार्फत निम्न प्रमुख लक्ष्यहरू अघि सारिएका छन्– • स्वस्थ, सुरक्षित र दुव्र्यसनमुक्त समाजको निर्माण • सबै सरोकारवालाबीच समन्वय तथा सहकार्य • दीर्घकालीन र निरन्तर अभियानमार्फत स्थायी समाधान नवराजपुर गाउँपालिका आदर्श, स्वस्थ र सक्रिय समाज निर्माणका दिशामा दृढतापूर्वक अघि बढिरहेको छ। गाउँपालिकाले सर्वसाधारणको साथ, सहयोग र सक्रिय सहभागितालाई अभियानको प्रमुख शक्ति मान्दै “नशामुक्त नवराजपुर” निर्माणमा सबैलाई जोडदार अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१