Siraha Times
ताजा समाचार

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता

  • मंसिर ५, २०८२
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान, मंसिर ५ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवस–२०८२ को अवसरमा सुरुङ्गा नगर बाल क्लब सञ्जालको आयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको समन्वय–सहकार्य र सुरुङ्गा नगरपालिकाको सहयोगमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। बालअधिकारको संरक्षण, नेतृत्व विकास र प्रतिभा प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा नगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

1 39

कार्यक्रममा कुल १८ विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये जनता आधारभूत विद्यालय नैनडाबरकी मल्लिका खत्री प्रथम हुने सफल भइन्। जनता माध्यमिक विद्यालय शिशुवारीकी भूमिका भट्टराई द्वितीय र मसिलाल जनता माध्यमिक विद्यालय कुशहाकी राधिका साह तृतीय घोषित भए । उत्कृष्ट प्रस्तुति दिएबापत राष्ट्रिय आधारभूत विद्यालय पोखरिया बसानपट्टीकी ससिका चौधरी र नवोदय बोर्डिङ स्कुल शिशुवारीकी निसुका कार्कीले सान्त्वना पुरस्कार हासिल गर्न सफल भए।

कार्यक्रमको अध्यक्षता नगर बाल सञ्जालका अध्यक्ष देवकुमार साहले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथीका रूपमा सुरुङ्गा नगर प्रमुख गिता चौधरी उपस्थित रहनुभयो। उहाँले बालबालिकाका अधिकार सुनिश्चित गर्न समुदाय, विद्यालय र स्थानीय सरकारले एकसाथ काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै बालमैत्री समाज निर्माणमा यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

विशेष अतिथी नगर उप–प्रमुख रुद्रबहादुर कार्कीले बालबालिकाको सृजनात्मक क्षमता अभिव्यक्तिका लागि मंच आवश्यक हुने भन्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा वडा नं. ४ का वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरालाल राणा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख रिंकु कुमारी यादव, सबल नेपालको फिल्ड संयोजक आशिष चौधरी तथा अनुगमन संयोजक चन्दन चौधरी लगायतको उपस्थिति उल्लेखनीय थियो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बालअधिकार, समानता, शिक्षा, सुरक्षाजस्ता विषयमा प्रभावकारी भाषण प्रस्तुत गरेका थिए। बालमैत्री प्रशासन, हिंसा–दुर्व्यवहार रोकथाम तथा बाल–नेतृत्व विकासमा समाजको जिम्मेवारीबारे विद्यार्थीहरूका विचारले कार्यक्रमस्थलमा उपस्थित सहभागीहरू प्रभावित बनेका थिए।

आयोजकहरूले कार्यक्रमले बालबालिकाको अधिकार प्रवर्द्धन, नेतृत्व विकास र प्रतिभा अभिव्यक्तिमा महत्वपूर्ण योगदान गरेको निष्कर्ष निकाल्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिएका छन्। यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूमा सार्वजनिक वक्तृत्वकला, आत्मविश्वास र सामाजिक मुद्दाप्रतिको संवेदनशीलता अभिवृद्धि गरिरहेको उनीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

चौतारो संरक्षणका लाग ...

​सिराहा, २५ जेठ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ ठटियास्थित सरे खोलाको किनारमा रहेको ...

अत्यन्तै विपन्न अवस् ...

रहमुल,लहान, २५ जेठ । धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोल निवासी रघुनी मण्डलको परिवार आर्थिक ...

भगवानपुरको विकासका ल ...

रहमुल, लहान, २५ जेठ । सिरहाको भगवानपुर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विकास योजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१