Siraha Times
ताजा समाचार

श्री जनता माध्यमिक विद्यालय भैरोगंज बेल्हामा ‘जङ फुड तथा प्लास्टिक फोहोरमुक्त’ सुरक्षित, सफा तथा हरित विद्यालय घोषणा

  • मंसिर ४, २०८२
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव सप्तरी मंसिर ४ । अन्तर्राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा खडक नगरपालिका १० स्थित श्री जनता माध्यमिक विद्यालय भैरोगंज बेल्हाले आफ्नो विद्यालयलाई जङ फुड मुक्त, प्लास्टिक जन्य फोहोरमुक्त, सुरक्षित, सफा तथा हरित विद्यालय घोषणा गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजित घोषणा तथा वृक्षारोपण कार्यक्रम नगर प्रमुख जय प्रकाश चौधरी, नगर उप–प्रमुख रिता कुमारी चौधरी तथा विद्यालयका प्रधानाध्यापक श्याम लाल चौधरीद्धारा संयुक्त रूपमा बिरुवा रोपण गर्दै उद्घाटन गरिएको हो।

1 36

कार्यक्रम खडक नगरपालिकाको आयोजनामा तथा सेभ द चिल्ड्रेन र सबल नेपालकाे प्राविधिक तथा सामग्रीगत सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका वि.व्य.स.को अध्यक्ष हेम नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका वार्षिक प्रतिवेदन प्रधानाध्यापक श्याम लाल चौधरीले प्रस्तुत गर्दै विद्यालयले वातावरण संरक्षण, स्वच्छता, आधारभूत पूर्वाधार सुधार तथा विद्यार्थीमैत्री वातावरण विकासमा गरिएको प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको थियो। सबल नेपालले विद्यालयमा प्रदान गरेको पेन्टिङ, सरफसफाइ सामग्री, चप्पाकल लगायतका सहयोगप्रति विद्यालय समुदायले विशेष कृतज्ञता व्यक्त गरेको थियो।

1 37

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख जय प्रकाश चौधरी र विशिष्ट अतिथी नगर उप–प्रमुख रिता कुमारी चौधरीले हरित विद्यालय घोषणा केवल कागजमा सीमित नराखी व्यवहारमा उतार्न निरन्तर प्रयास गर्न आग्रह गरे। उप–प्रमुख चौधरीले हरित विद्यालयका मापदण्डहरू कडाइका साथ पालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई स्वस्थ बानी‚ स्वच्छता र वातावरणमैत्री व्यवहार सिकाउन अभिभावक, शिक्षक र समुदायको भूमिकालाई महत्वपूर्ण बताए।

वडा नं. १० का वडा अध्यक्ष तथा पदेन सदस्य राजेन्द्र प्रसाद चौधरीले विद्यालयको पूर्वाधार विकासमा नगरपालिकाले बजेट विनियोजन गर्दा अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनले विद्यालयको सुरक्षा पर्खाल निर्माण लगायतका कार्यलाई आउँदो वर्षको योजनामा विशेष रूपले समावेश गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल शिक्षक महासंघका अध्यक्ष दिनेश कुमार मण्डलले विद्यालय आज सफा र स्वच्छ देखिनु सामुदायिक सहकार्यको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि यसैगरी सहकार्य जारी राख्न अपिल गरे। खुलेरै प्रशंसा गर्दै उनले विद्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका प्र.प्र.अ विजय कुमार मण्डल ,प्रधानाध्यापक तथा शिक्षकहरूको सक्रियता प्रशंसनीय रहेको बताए।

मधेश प्रदेश दुग्ध विकास बोर्ड सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष शत्रुधन प्रसाद साह ‘आजाद’ले खुला दिसामुक्त क्षेत्र घोषणा र साक्षरता अभियानजस्ता कार्यक्रमहरू व्यवहारमा कति लागू भए भन्ने प्रश्न उठाउँदै विद्यालयको पर्खाल, सरसफाइ तथा पूर्वाधार विकासमा नगरपालिकाले चाँडै ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिए। कार्यक्रमका वक्ताहरूले हरित विद्यालय घोषणा केवल औपचारिकता नभई निरन्तर रूपमा लागू गर्नुपर्ने, बच्चाहरूलाई पैसा दिएर विद्यालय नपठाउने, विद्यालयभित्र जङ–फुड पूर्ण रोक लगाउने र प्लास्टिक फोहोर व्यवस्थापनमा विद्यार्थी स्वयंले नेतृत्व लिनुपर्ने सुझाव राखे।

अन्त्यमा प्रधानाध्यापक श्याम लाल चौधरीले विद्यालयलाई पूर्ण रूपमा हरित, सुरक्षित र बालमैत्री बनाउन विद्यालय परिवार निरन्तर प्रतिबद्ध रहेको बताए। उनले कार्यक्रम, घोषणा र भाषण मात्र होइन, यसको कार्यान्वयनमै विद्यालयको वास्तविक सफलता निहित रहेको बताउँदै सबै पक्षलाई निरन्तर सहयोग र निगरानीको आग्रह गरे। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा समुदायको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१