Siraha Times
ताजा समाचार

कार्यालय समयमा मस्त निद्रामा सुत्छन् नेपाली काङ्ग्रेसका वडाअध्यक्ष प्रशुराम मण्डल

  • कार्तिक ३०, २०८२
  • ८२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा, कार्तिक ३० गते । विडम्बना समयमा अधिकाँश जनप्रतिनिधिहरु कार्यालय आउँदैन् । आए पनि बिना घुस, कमिसन स्वेच्छा अनुसार काम गर्न चाहदैनन् । त्यसकै प्रतिबिम्ब उदाहरण हुन् तस्बिरमा देखाइएका सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.-१ पिप्रा प्र.घ. नेपाली काङ्ग्रेसका वडाध्यक्ष प्रशुराम मण्डल खत्बे ।

उनको हर्कत देखेर स्थानीय हैरान छन् जस्तो कि बिहानै उठने बितिक्कै रक्सी भठ्ठी जाने, आफ्नै घरायसी कामकाजमा व्यस्त, जथाभावीलाई नेपाली नागरिकताको सिफारिस, विपक्षीको पञ्चायत गर्दा कमिसन, घरबाट टन्न खाएर आउँदा टेबुल कुर्सी सेफासेटमै मस्तनिद्राले सुत्ने दैनिकी बनाएका छन् ।

यस्तो व्यक्ति जनप्रतिनिधि हुन सक्दैन - यस्तोलाई कार्यालयको हिनता, अपमान जनाएकोमा नेपाल संविधान दफा अनुसार कार्यवाही हुनुपर्ने आवाज उठिरहेका छन् । वडाध्यक्ष मात्रै नभएर गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर पनि अफिसभित्रै करिब २० लाख बराबरको फर्निचर आइटम सोफासेट ग्यास सिलिन्डर इत्यादि खरिद गरेर बेग्लै क्वाटर बनाएको सर्वबिदित्तै छ।

यसकै विषयमा पछिल्लो समय नेकपा एमालेका कार्यकर्ताहरु नेपाली काङ्ग्रेस पद तथा सत्तालोभी पालिकाअध्यक्ष चतुरान्नद ठाकुर विरुद्ध व्यापक विरोध तथा नाराबाजी समेत गरेका थए । लक्ष्मीपुर पतारी गाउँपालिकामा अधिकांश जनप्रतिनिधि नेपाली काङ्ग्रेसले जितेका छन् । सत्ताको आडमा उनीहरू हरेक गतिविधिमा मनमानीको सीमा हद्द पार गरिएको अवस्था छ।

यता, पिप्रा प्र.ध.का वडाअध्यक्ष प्रशुराम मण्डल जितेपछि "रत्तिभर" पनि भएको देखिदैन । सेवाग्राही सेवा लिन आउँदा विभिन्न बाहानाबाजीमा तर्साउने, सानोतिनो काममा पनि घुस कमिसन अफिस बाहिर लिने जस्ता व्यापक जनगुनासो रहेको छ। यी र यस्ता भ्रष्ट गतिविधि प्रवृत्तिले वडाबासी नेपाली काङ्ग्रेस देखि हैरान भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१