Siraha Times
ताजा समाचार

सिरहामा छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित चार युवक पक्राउ

  • कार्तिक २७, २०८२
  • ५६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, २७ कात्तिक । सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा गरेको अपरेसनमा लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको छ। पहिलो घटनामा, सिरहा नगरपालिका–१ स्थित क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुई युवकलाई पक्राउ गरेको हो।

प्रहरीले स–११–च–५४८५ नं.को मोटरसाइकल रोकेर चेकजाँच गर्दा चालक राम जिवन यादव वर्ष २५ को  र पछाडि सवार दिपक कुमार यादव वर्ष २७ को दुबै जनालाइ सिरहा नगरपालिका वडा न. १७ पटेर्वाका बासिन्दाको साथबाट ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लास्टिक सहित २४ ग्राम ८२० मिलिग्राम तौल भएको अवस्थामा फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार, उनीहरूको साथबाट मोबाइल तीन थान समेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिरहामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी  नवराजपुर गाउँपालिका वडा न. ५ स्थित  कुसण्डी–जगतपुर सडक खण्डमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको टोलीले भारततर्फबाट आउँदै गरेको स–१०–प–५३२६ नं.को मोटरसाइकल रोकेर चेकजाँच गर्दा दुई जना युवकलाई पक्राउ गरेका छन्।

चालक ऋषि कुमार यादव वर्ष २० को स्थायी ठेगाना नवराजपुर गाउँपालिका वडा न. १, को साथबाट डाईजोपाम एम्पुल ५ थान, प्रोमेथाजाईन एम्पुल ५ थान र ब्रुफेनफाइन एम्पुल ५ थान फेला पारेको थियो। त्यस्तै, पछाडि सवार देवेन्द्र कुमार यादव वर्ष १८ स्थायी ठेगाना भगवानपुर गाउँपालिका न.५, को साथबाट डाईजोपाम एम्पुल १ थान र सिरिन्ज १ थान बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई समेत नियन्त्रणमा लिएर मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहामा बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सिरहा प्रहरीले हालैका दिनमा भारतबाट नेपालतर्फ हुने लागुऔषध ओसारपसार र स्थानीय स्तरमा हुने वितरण नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१