Siraha Times
ताजा समाचार

गोलबजारमा लागुऔषधसहित एक युवक पक्राउ

  • कार्तिक १८, २०८२
  • ८०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कात्तिक १८ । सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालय नजिक लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक युवकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नायब निरीक्षक (प्र.स.नि.) नन्दु राउत र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८२ साल कार्तिक १८ गते साँझ करिब ५ः२० बजे विद्यालय परिसर वरिपरि खोजतलासी गरेको थियो।

सोधपुछका क्रममा गोलबजार नगरपालिका–१०, दशई महाजन टोल निवासी अनुरुद सिंहका छोरा वर्ष २० का रुपेश सिंह प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएपछि उनको शरीर खानतलासी गर्दा दाहिने हातमा रहेको कालो प्लास्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। फेला परेको लागुऔषधको प्लास्टिकसहित तौल २ ग्राम ६४० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम १३० मिलिग्राम रहेको बताइएको छ।

पक्राउ परेका रुपेश सिंहलाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१