करोडौं ठगेका प्रशान्त र कुन्दन पुरी कानुनको दायरामा नआउंदा पिडितहरु बिल्लीबाठ

  • कार्तिक १७, २०८२
  • ४४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  वीरगंज १७ कात्तिक । वैदेशिक रोजगारको नाममा दर्जनौं व्यक्तिहरु सँग लाखौं लाख ठगी मौजमस्ती गरिरहेका दाईभाई प्रशान्त पुरी, कुन्दन पुरीलाई प्रहरी प्रशासनले कानुनको दायरामा नल्याउदा अझै पनि पुरी परिवारले थप ठगी धन्दा सुचारु राखेका छन् । प्रशान्त पुरी तत्कालिन अवस्थामा वीरगंजको घण्टाघर निर एउटा कन्सल्टेन्सी खोली सोही कन्सल्टेन्सीको नाममा दर्जनौं विद्यार्थीहरुलाई भारत पठाई बिल्लीबाठ बनाएका थिए ।

तीनै प्रशान्त पुरी पर्सा लगायत देशका विभिन्न भागबाट बेरोजगार युवाहरुलाई प्रलोभन देखाउदै क्यानाडा, कम्बोडिया, अजरबैजान लगायतका देशहरुमा पठाई दिन्छु भन्दै करोडौं असुली हालसम्म कसैलाई नपठाउंदा रकम दिनेहरु बिल्लीबाठ भएका छन् । प्रशान्त पुरीले पर्साको निचुटा निवासी विक्रम बिन राउत सँग दुई लाख ३० हजार भारु, अमित विश्वकर्मा सँग २ लाख भारु, पर्सागढी निवासी धर्मराज रायभर सँग ६ लाख नेपाली, प्रदीप रायभर सँग ६ लाख नेपाली, वीरगंज गहवा निवासी ओमबाबु गुप्ता सँग ५ लाख नेपाली, जनकपुर निवासी चन्दन शर्मा सँग ७ लाख ५० हजार नेपाली र कुन्दन पुरीले कास्की जिल्लाको कुश्मा निवासी राजकुमार श्रेष्ठ सँग १ लाख ८० हजार, दुर्गा पुरी सँग १ लाख ६० हजार, दिपक पुरी, सुजन पुरी लगायतकाहरु सँग दाईभाई प्रशान्त र कुन्दनले करोडौं ठगेको आरोप लागेको छ ।

कतिपय पिडितहरुले पिडकको खातामा रकम पठाएको भौचर र चेकहरु प्रमाणको रुपमा यस अनलाईन सँग सुरक्षित छ । कुश्मा स्थित शहिद बोडिङ्ग स्कूलमा तत्कालिन अवस्थामा कुन्दन पुरीले अध्यापन गराउदै आएका थिए । सो स्कूल र वरिपरिबाट बिदेश पठाउने नाममा कुन्दनले रकम असुली गर्न थाले पछि त्यहाँका प्रिन्सिपलले उनलाई सो स्कूलबाट निकाला गरेका थिए । ठगी धन्दामा माहिर मानिएका वीरगंज महानगरपालिका वडा नं. २० टोल हरपतगंज निवासी प्रशान्त पुरी, निरज पुरी, कुन्दन पुरी र अरुण कुमार पुरी माथि चेक बाउन्स गराएर आवश्यक कारवाहीको माग गर्दै महम्मद सैफ अलीले जिल्ला प्रहरी कार्यालय पर्सामा साउन १५ गते नै उजुरी दिएका छन् ।

सो उजुरी पत्रमा कालिकामाई गाउँपालिका वडा नं. १ मुर्ली बस्ने निवेदक अलीले आफ्ना आफ्न्त सरफरोज हुसैन सँग सापटी लिई पटक–पटक गरी २ लाख २६ हजार रुपैया प्रशान्त पुरीको खातामा पठाउन लगाएका छन् भने नगद २ लाख रुपैया पुरी परिवारले लिएका छन् । सो २ लाखको चेक प्रशान्त पुरीले निवेदक अलीलाई दिंदा खातामा प्रयाप्त रकम नरहेको हुनाले अलीले सो चेक बाउन्स गराएका हुन् । बैंक खाता मार्फत प्रशान्त पुरीको खातामा पटक–पटक गरी दुई लाख २६ हजार र नगद दुई लाख प्रशान्त पुरीको बुवा, भाईहरु मिली लिई प्रशान्त सँग चेक दिलाएको अलीको कथन रहेको छ ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालय पर्साले ईलाका प्रहरी कार्यालय सुगौली बिर्तामा पत्र पठाएर उपस्थित गराउन उर्दी जारी गरे पनि सुगौली बिर्ताका प्रहरीले पिडक सँग मिली हालसम्म उपस्थित नगराएकोमा मर्माहित भएको दुःखेसो अलीले पोखे । सुगौली बिर्ताको प्रहरीले हालसम्म जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित नगराउँदा आफु आफ्ना आफन्त सरफरोज हुसैन लगायतकाहरु सँग सापटी लिएर दिएको रकम फर्काउन नसक्दा दिनेहरु आफुलाई हैरान गरिराखेको अवस्था रहेको अली बताउदंछन् । अन्य ठगीमा परेका पिडितहरुले पनि उजुरी दिएका छन् ।

पुरी परिवारहरुले कैयौं व्यक्तिहरु सँग विभिन्न बहानामा प्रशान्त पुरीको नाममा लाखौं लाख रकम लिई दम्पच गरेको बताईएको छ । रकम दिने व्यक्तिहरु हरपतगंज पुरी परिवारको घरमा पुग्दा उनीहरु प्रशान्त पुरीलाई देखाउदै “बाहिर गएको छ, आएपछि फर्काउछ” भनि आश्वासन दिदै फर्काउने गरेको बताईन्छ । रकम सामुहिक रुपमा लिने र प्रशान्त पुरीलाई योजना मुताविक बाहिर राख्ने गरेको जानकारहरु बताउंदछन् । भारतको चण्डीगढमा लुकेर बस्दै आएका प्रशान्त पुरी बितेको दीपावलीमा आए पनि आफ्ना हरपतगंज घर नआई रक्सौलमै लुकेर बसेका थिए । दीपावली कै दिन पिडित विक्रम बिन राउतले पुरी परिवारको घरमै गई हो–हल्ला, बेईज्जत गर्दा हरपतगंजवासीहरु आश्चर्यमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

तेस्रो गाउँपालिका अध ...

ओम प्रकाश यादव लहान कात्तिक १७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाले आयोजना गरिएको ‘तेस्रो गा ...

खड्क नगरपालिका–१ स्थ ...

रासिन्द्र यादव कात्तिक १७ ।  खड्क नगरपालिका–१, सप्तरी स्थित जनता माध्यमिक विद्यालय सिस्वा ...

कपिलवस्तुमा दंगा निय ...

काठमांडू, कार्तिक १६ कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१