बब्लु गुप्ताको प्रेरणादायी कथा: चिया पसलदेखि मन्त्रीसम्मको यात्रा

  • कार्तिक ११, २०८२
  • ९२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद मन्त्रीका रूपमा चिनिन्छन् । केही वर्ष अघि सामाजिक सञ्जालमा आफ्नो सक्रियता र सेवाभावका कारण चर्चामा आएका बब्लु गुप्ता अहिले जनताको मनमस्तिष्कमा आशा र प्रेरणाको पात्र बनेका छन् ।

उनका हजुरबुवा लहान–२३ बथनाहा चौकमा सानो चिया नास्ताको पसल चलाएर परिवारको पालनपोषण गर्थे । यही साधारण परिवारबाट उठेका बब्लुले आफ्नो मेहनत, लगन र जनसेवाप्रतिको समर्पणबाट देशकै युवा आइकन बन्न सफल भएका छन् । खेलकुद मन्त्रीको जिम्मेवारी पाएपछि उनले कुनै जात, धर्म वा वर्गमा विभेद नगरी सम्पूर्ण नेपाली युवाको प्रतिनिधित्व गर्ने दृढ संकल्प व्यक्त गरेका छन् ।

छठ पर्वको अवसरमा लहानमा आयोजित एक विशेष कार्यक्रममा कमलापुरी वैश्य समाज नगर कार्यसमिति लहानले नवनियुक्त मन्त्री बब्लु गुप्तालाई बधाई तथा सम्मान प्रदान गरेको थियो । कार्यक्रममा समाजका अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षता थियो भने प्रमुख अतिथि स्वयं मन्त्री बब्लु गुप्ता थिए । विशिष्ट अतिथिमा कन्हैया प्रसाद गुप्ता, शंकर प्रसाद गुप्ता, राजेश गुप्ता र विष्णु गुप्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्रीमण्डलका सदस्यका रूपमा पहिलो पटक गृहजिल्ला पुगेका बब्लुले आफ्नो सन्देशमा भने, “भगवानलाई पूजा मात्र नगरी, उहाँको वास्तविक भूमिका आफ्नो जीवनमा उतार्नुपर्छ । प्रत्येक नागरिकले आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्छ।” उनले युवाहरूलाई खेलकुद, शिक्षा र रोजगारको क्षेत्रमा अग्रसर बन्न आग्रह गरे ।

त्यस अवसरमा अध्यक्ष विजय गुप्ताले विद्यालय तहदेखि नै खेलकुदलाई विषयगत रूपमा समावेश गर्ने र युवालाई शिक्षा तथा रोजगारीसँग जोड्ने नीतिगत पहल आवश्यक रहेको बताए । बब्लु गुप्ताको जीवन कथा जनताको मनमा उर्जा र विश्वास जगाउने खालको छ । चिया पसलको साधारण परिवेशबाट उठेर मन्त्री पदमा पुगेका उनी आज हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । बिदाको दिनमा समेत उनले जनतासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय रेडियोमा अन्तर्वार्ता दिने र समाजका विविध क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने आफ्नो निरन्तर अभ्यास जारी राखेका छन् ।

नेपाली जनताले आज उनलाई “देशको युवा योद्धा”को रूपमा हेर्न थालेका छन् — जसले केवल सपना मात्र होइन, जनताको विश्वास पनि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१