Siraha Times
ताजा समाचार

लहान २१ मा आज अस्ताउदो सुर्यलाइ अर्घ दिदै

  • कार्तिक १०, २०८२
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर मनाइने छठ पर्वकोआज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । ‌सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथीसम्म मनाईन्छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ‘नहाए खाए’ दिन भन्ने गरिन्छ । पहिलो दिन छठका व्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खान्छन् ।

दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर प्रसादका रुपमा पकाउँछन् । सो प्रसाद चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुले उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् । छठको तेश्रो दिन षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । तेश्रोदिन आज ब्रतालुले नदी, खोला, पोखरी र तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र चौथोदिन सप्तमी तिथीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा समापन भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१