ताजा समाचार

सिरहामा लागुऔषधसहित ३ जना पक्राउ

  • कार्तिक ४, २०८२
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागुऔषधसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेका व्यक्तिहरूलाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट विभिन्न प्रकारका लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिरहा जिल्ला सुखीपुर नगरपालिका–१० का २१ वर्षीय संगीत कुमार सदाय, सोही ठाउँका २० वर्षीय राम रिझन शर्मा र सुखीपुर नगरपालिका–६ का १९ वर्षीय सरोज कुमार राम रहेका छन्। शर्माको साथबाट डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र ट्रालजेसिस ५ एम्पुल, त्यसैगरी रामको साथबाट इजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र ट्रालजेसिस १ एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

समग्रमा उनीहरूको साथबाट जम्मा १८ एम्पुल लागुऔषध बरामद गरिएको हो। बरामद गरिएको लागुऔषध र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤