Siraha Times
ताजा समाचार

नहरा चौकमा टेम्पु चालक आन्दोलित, बस र बुकिङ व्यवसायीमाथि दुर्व्यवहारको आरोप

  • कार्तिक १, २०८२
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै आन्दोलन गरेका छन्। उनीहरूले स्थानीय बस चालक र बुकिङ व्यवसायीहरूले टेम्पु चालकहरूमाथि लगातार दुर्व्यवहार गर्दै आएको आरोप लगाएका छन्।

आन्दोलनमा सहभागी टेम्पु चालकहरूका अनुसार लहानदेखि ठाडी, गढ़िया, बथनाहा हुँदै चल्ने छोटो दूरीका टेम्पुहरूलाई रोक्ने, यात्रु चढ्न नदिने, तथा अपशब्द प्रयोग गर्ने कार्य पटक–पटक दोहोरिँदै आएको छ। उनीहरूका भनाइमा बस र बुकिङ संचालकहरूले यात्रुका लागि दबाब सिर्जना गरी टेम्पु चालकको आम्दानीमा प्रत्यक्ष असर पुर्या इरहेका छन्। स्थानीय टेम्पु चालकले भने, “हामी दैनिक यात्रु ओसारपसार गरेर परिवार पालिरहेका छौं। तर केही बस व्यवसायी र बुकिङवाला समूहले यात्रु धम्क्याउँछन्, हामीमाथि गाली गर्छन्, कहिलेकाहीँ हात हाल्ने सम्म गर्छन्। यसमा प्रशासन मौन छ।”

आन्दोलनकारीहरूले नहरा चौकमा केही समय सडक अवरोध गर्दै स्थानीय प्रशासनलाई तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म थप कठोर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। सडक अवरोधका कारण केही समय लहान–ठाडी रुटका सवारी आवागमनमा समस्या आएको थियो। पछि प्रहरी टोली पुगेर स्थिति सामान्य बनाएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। स्थानीयहरूका अनुसार टेम्पु चालक र बस व्यवसायीबीचको प्रतिस्पर्धा लामो समयदेखि चल्दै आएको हो। यात्रु संख्यामा कमी भएपछि पछिल्ला दिनहरूमा विवाद बढ्दै गएको उनीहरूको भनाइ छ। टेम्पु चालकहरूले भने यदि प्रशासनले तुरुन्तै उचित कदम नचाले, आगामी दिनहरूमा नहरा चौकदेखि लहानसम्मका सम्पूर्ण टेम्पु सञ्चालन बन्द गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१