Siraha Times
ताजा समाचार

लहान सडक डिभिजनका तत्कालीन इन्जिनियरसहित चार जनाविरुद्ध दुई करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

  • असोज ३०, २०८२
  • ९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असोज ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससहित चार जनाविरुद्ध दुई करोड ३४ लाख ९ हजार ९४५ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सिराहाको कल्याणपुर नगरपालिका–५, चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई दिइएको सडक ढलान कार्य योजनामा गुणस्तरहीन सामाग्री प्रयोग गरी अनियमितता तथा हिनामिना गरेको ठहरसहित उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार सो योजनामा मिति २०७७ चैत ३० गतेसम्म कार्य सम्पन्न गर्ने गरी मिति २०७७ असार २१ गते सम्झौता भएको थियो। उक्त कार्य २०७७ पुस ५ गते सम्पन्न भई २०७७ पुस २६ मा नापजाँच गरिएको देखिएको छ।

निर्माण अवधिमा तयार गरिएका ५० वटा नमुना सडक डिभिजन, लहानकै ल्याबमा परीक्षण गरी परिणाम तोकिएको अनुसार देखिने गरी ल्याब रिपोर्ट तयार गरिएको आयोगले जनाएको छ। तर, स्थलबाट कोर कटिङ गरी नमुना सङ्कलन गर्नुपर्नेमा प्रतिवादीहरूको मिलेमतोमा भुक्तानीपूर्व नै निर्माण कार्यमा प्रयोग नभएका नमुना २०७७ पुस ६, ७ र ८ गते पुनः परीक्षण गरिएको र गलत ल्याब रिपोर्ट तयार गरी भुक्तानी लिएको पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

मुद्दामा तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी, जय धनन्जय/रब्बानी जे.भी. र उक्त जे.भी.को तर्फबाट अधिकार प्राप्त रब्बानी कन्सट्रकसनका प्रोपराइटर जफिर कवारीसमेत प्रतिवादी रहेका छन्। आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजायसमेत माग गर्दै बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१