Siraha Times
ताजा समाचार

धनगढीमाई नगरपालिकामा दाजुभाइबीच १९ वर्षदेखि अंशबण्डा नहुँदा विवाद, भाई अरुण कुमार सिंह बिजोगमा

  • असोज १७, २०८२
  • ८८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव  लहान, १७ असोज । सिरहाको धनगढीमाई नगरपालिका–४ मा दाजुभाइबीच १९ वर्षदेखि अंशबण्डा नहुँदा पारिवारिक विवाद चुलिएको छ । दाजु ललित कुमार सिंहसँग छुट्टिए पनि अहिलेसम्म अंशबण्डा नहुँदा आफू बिजोगमा परेको भन्दै भाई अरुण कुमार सिंहले शुक्रबार पत्रकार बोलाइ आफ्ना पीडा पोखेका  हुन् । अरुणका अनुसार अंशबण्डा नहुँदा दाजु ललितले पटक–पटक विभिन्न बैंकमा जग्गा धरौटी राखी ठूलो मात्रामा ऋण लिएका छन् । बैंकबाट ऋण निकाल्दा दुवै दाजुभाइको हस्ताक्षर आवश्यक पर्ने भएकाले आफू पनि बाध्यतावश संलग्न हुनुपरेको उनले बताए ।  दाजुले मेरो भागको जग्गा समेत धरौटीमा राखेर कारोबार गरेका छन् । अहिले व्यवसाय नफस्टाउँदा बैंकको ऋण बढ्दै गएको छ,” उनले गुनासो पोखे ।

अरुणले मेरै करिब २२ लाख रुपैयाँ दाजु ललितसङ फिर्ता लिन बाँकी रहेको समेत दाबी गरे । “दाजुले मेरो नाममा भएको खाली चेकमार्फत २५ लाख निकालेका थिए । केही रकम तिरे पनि अझै ठूलो हिस्सा फिर्ता गर्न आनाकानी गरिरहेका छन्,” उनले आँसु झार्दै भने, “म आफैं सुगरको बिरामी छु, कम्तिमा मेरा छोराछोरीको भविष्य सुरक्षित गरिदिनुहोस् भन्ने मेरो आग्रह हो ।”

यस विषयमा समाजिक अगुवा देवेन्द्र सिंहले गाउँमा तीन–चार पटक पंचायत बसेर समाधान खोजिएको जानकारी दिए । “अंशबण्डा र ऋणको हिसाब मिलाउने गरी बाउन्ड (कागज) समेत बनेको हो । तर व्यवहारमा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । ती सबै कागजात अहिले पनि मेरोमा सुरक्षित छन्,” अगुवा सिंहले भने । तर, अरुणका दाजु ललित कुमार सिंहले अंशबण्डा नभएको स्वीकारे पनि आफूले ऋण लिन बाध्य भएको बताए । “

अरुणले आफू नखाएको ऋणमा मेरो बच्चाहरुको जीवन अध्यारोमा पारेको र आफू बिरामी र अनपढ भएको फायदा उठाएको छ । मलाइ मेरो हिसाको जग्गा फिर्ता गराइ दिन म सम्पुर्ण निकायसङ अनुरोध गरेका हुन । भने उता दाइ ललितसङ प्रतिक्रिया लिन खोज्दा आफू मिडियामा आउदिन भनी प्रस्ट गरे ।

 

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१